झापा ।
झापा हल्दिबारी गाउँपालिका–२ हल्दिबारी चोकबाट प्रतिवन्धित औषधीसहित एक जना पक्राउ परेका छन् । प्रहरी चौकी हल्दिबारीबाट खटिएको प्रहरी टोलीले सोमवार ११ः३० बजेको समयमा उनलाई पक्राउ गरेको हो ।
बिर्तामोडबाट हल्दिबारीतर्फ आउँदै गरेको मे १ प २३९१ नं. को Yamaha RX मोटरसाइकलमा सवार भद्रपुर नगरपालिका–३ ज्ञाने चोकका अन्दाजी ३३ बर्षिय बिनोद लिम्बुलाई पक्राउ गरेको छ ।
लिम्बुमाथि शंका लागेर चेकजाँच गर्दा उनको साथबाट प्रतिबन्धित औषधीहरु Diajepam– थान ३, Phenargon– थान ३, नाम नखुलेको थान ३ गरी जम्मा ९ सिरिन्ज, मोबाईल २ वटा र साथमा बोकेको नगद नौ हजार फेला परेको प्रहरीले जनाएको छ ।
उनलाई उक्त औषधीहरु र मोटरसाइकलसहित पक्राउ गरी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।