चन्द्रगढी ।

झापाको भद्रपुरका शैक्षिक क्षेत्रका धरोहर प्रकाश चन्द्र शर्माको  गत २०८१ माघ २२ गते  काठमाडौंमा निधन भएको छ ।  बि.स.२००८ साल फागुन १० गते जन्मिएका  झापाको भद्रपुर नगरपालिका मेची प्रादेशिक अस्पताल दक्षिणमा स्थायी बसोबास गरेका शिक्षासेवी शर्माले  झापाका भद्रपुर माबि, एस एस निकेतन माबि, प्रज्ञा एकाडेमीमा बिज्ञान शिक्षकका रुपमा कार्य गरेका थिए  । 

भानु स्मृति माबिमा प्रधानाध्यापकको जिम्मेवारी सम्हालेका उनले शिक्षणका साथै केही समय माध्यमिक शिक्षक तालिम केन्द्रको बिज्ञान प्रशिक्षक भएर कार्य गरेका थिए । 

त्यसका साथै शैक्षिक पत्रिका गन्तव्यमा सम्पादक मन्डलमा रही पत्रिकाको सम्पादन गरेका थिए । उनका शैक्षिक पत्रिका गन्तव्य र ज्ञानमालामा बिज्ञानसंघ सम्बन्धित लेख, रचनाहरु प्रकाशित छन् ।

बिस २०६६ सम्म शिक्षण पेसामा रहेका शर्मामा  प्रेसर र मधुमेहको समस्या रहेको थियो ।उनकी  धर्म पत्नीको  पनि निधन भइसकेको छ भने उनका तीन छोरी रहेका छन् ।शिक्षासेवी शर्माको काज किरिया काठमाडौंस्थित पशुपति क्षेत्रमा गर्दै गरेको पारिवारिक स्रोतबाट जानकारी प्राप्त भएको छ ।