झापा । 

केवलकार खारेजीको माग गर्दै आन्दोलनरत पक्षसँग भएको बार्ता निस्कर्ष बिहिन भएको भन्दै आन्दोलनरत पक्षले चरणबद्ध आन्दोलनका कार्यक्रम घोषणा छन् । 

वार्ता निस्कर्षबिहिन भएको भन्दै आन्दोलनरतपक्ष अन्तरगत सात वटा राजनीतिक दलसहित दर्जनौ सामाजिक संस्थाले संयुक्त रुपमा चरणबद्ध आन्दोलनका कार्यक्रम घोषणा गरेका हुन् । 

ताप्लेजुङको मुक्कुमलुङ सेमुक्तु मुक्तुबो माङ धार्मिक स्थलमा केबलकार निर्माण खारेजको बिषयमा आन्दोलनरत पक्ष र सह–सचिव स्तरिय सरकारी वार्ता समितिबिच माघ २७ गते भएको वार्ता निस्कर्ष बिहिन भएको भन्दै सोमवार आन्दोलनरत पक्षले पत्रकार सम्मेलन गरी  संयुक्त रुपमा आन्दोलनका कार्यक्रम घोषणा गरेको युवा नेता एलबी पालुङ्वाले जानकारी दिए । 

गत माघ २२ गते सरकारी वार्ता समिति र आन्दोलनरत पक्षको वार्ता सहजिकरण समितिबीच वार्ताको वातावरण बनाउन ६ बुँदे समझादारी भएको थियो । सो समझदारपछि वार्ताको न्यूनतम वातावरण बनाउनका लागि अनिश्चितकालीन यातायात बन्द स्थगन गरिएको थियो । तर, सरकारले बिनासर्त बन्दी रिहाई गर्नुका साटो धरौटीमा रिहाई गरेको, हालसम्म केबलकार निर्माण कार्य पनि नरोकेको, उच्च स्तरीय सरकारी वार्ता समिति गठन नगरेको भन्दै आन्दोलनका कार्यक्रम घोषणा गरेको पत्रकार सम्मेलनमा बितरित प्रेस बिज्ञप्ती उल्लेख छ । 

चरणबद्ध आन्दोलन अन्तरगत माघ २९ देखि फागुन ९ गतेसम्म ग्लोबल आइएमइ बैंकसहित आइएमइ समूह १ नं. प्रदेश लगायत देश विदेशमा बहिष्कार गर्ने, फागुन ६ देखि ८ गतेसम्म ’मुक्कुमलुङ बचाऔं पदयात्रा’, केबलकार अनुमति तथा सम्झौता खारेजीका लागि फुङलिङ नगरपालिका कार्यालय घेराउ,  केबलकार निर्माण सामग्री ढुवानी नगर्न सम्बद्ध सबै पक्षलाई आग्रह गर्ने,  काठमाडौं, इटहरी र विर्तामाडमा केबलकार विरोध सभा गर्ने, केबलकार खारेजीका लागि १ नं. प्रदेशका सबै जिल्ला प्रशासन कार्यालय मार्फत संघ सरकारलाई बिरोधपत्र पठाउने, प्रदर्शन गर्ने र विदेशस्थित दुतावासबाट विरोधपत्र पठाउने, अनिश्चितकालीन यातायात वन्द र आमहडताललगायतका चरणबद्ध आन्दोलनका कार्यक्रम सार्वजनिक गरिएको छ ।  

मुस्कुमलुङ ताक्सेःप चुम्भोका संस्थाहरू श्रीप्रसाद लिम्बू, संयोजक मुस्कुम्लुङ संरक्षण संयुक्त सङ्घर्ष समिति, खगेन्द्र फेम्बु, संयोजक, पाथीभरा केबलकार खारेजी संयुक्त सङ्घर्ष समिति, प्रेम येक्तेन, किरात याक्युङ चुम्लुङ, सङ्घीय समिति, संयोजक, प्रदेश नं.१ पुनः नामाङ्कन संयुक्त सङ्घर्ष समिति, नन्द कन्दङवा, संयोजक, लिम्बू बरगत संस्था (याक्युङ सयङ) सहजीकरण समूह, डकेन्द्रसिंह थेगिम, अध्यक्ष, प्रदेश नं. १ पुनः नामाङ्कन अभियान समिति, गेल्जे शेर्पा, अध्यक्ष, नेपाल आदिवासी जनजाति महासङ्घ, डिमि शेर्पा, अध्यक्ष, राष्ट्रिय आदिवासी जनजाति महिला महासङ्घ, राजेन्द्र इधिङ्गो, अध्यक्ष, याक्युङ युवा मञ्च, किरण कुमार सिगु, संस्थापक सदस्य, याक्थुङ चोः सङजुम्भो, सागर केरुङ, अध्यक्ष, यास्युङ मुन्चइत चोक सयड, प्रदिप नेयोड, महासचिव, लिम्बू विद्यार्थी मञ्च छन् । 

यसैगरी अन्र्तदलीय राजनितिक पार्टीहरू राजेन्द्र महतो, अध्यक्ष, राष्ट्रिय मुक्ति पार्टी, कुमार लिङ्देन ’मिराक“, अध्यक्ष, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च, प्रा.डा. महेन्द्र लावती, संयोजक, पहिचानवादी मोर्चा, रमेश राई, अध्यक्ष, जसपा सम्बद्ध किरात राष्ट्रिय समिति, सञ्जय राई, मुख्य सचिव, जसपा नेपाल, लिम्बूवान राष्ट्रिय समिति, धन बहादुर पन्धाक, अध्यक्ष, प्रदेश नं १, नागरिक उन्मुक्ति पार्टी, भक्त खेवाड, उपाध्यक्ष, नेपाल जनमुक्ती पार्टी, नयन्द्र चाम्लिङ, अध्यक्ष, प्रदेश नं. १, मंगोल नेसनल अर्गनाइजेसन–डिजिजि, गजेन्द्र पालुङवा, अध्यक्ष, किरात लिम्बूवान प्रदेश समिति, नेपाल कम्यूनिष्ट पार्टी, प्रदिप नेयोड, महासचिव, लिम्बू विद्यार्थी मञ्चले संयुक्त बिज्ञप्ती जारी गर्दै चरणबद्ध आन्दोलनका कार्यक्रम घोषणा गरेका हुन् ।