झापा ।
झापाका छुट्टाछुट्टै स्थानबाट गएराति लागू औषधसहित दुई जना पक्राउ परेका छन् । बिर्तामोड नगरपालिका–६ स्यालडाँगी र झापा गाउँपालिका–३ फुलगाछीबाट प्रहरीले छुट्टा–छुट्टै समयमा लागू औषधसहित २ जनालाई पक्राउ गरेको हो ।
अस्थायी प्रहरी चौकी बुट्टाबारीबाट खटिएको प्रहरी टोलीले सोमवार राति ७ः३० बजेको समयमा बिर्तामोड–६ स्यालडाँगीस्थित सोही स्थानका २५ बर्षिय मोहम्मद मुक्तार मन्सुरीले आफ्नै घरमा लागु–औषध सेवन गर्दै गरेको फेला पारी नियन्त्रणमा लिएको छ ।
अन्सारीलाई नियन्त्रणमा लिई शरीर र कोठामा खान्तलासी लिदा प्रतिबन्धित लागु–औषध ब्राउन सुगर प्लास्टिक बाहेक ३२० मिलिग्राम र गाँजा ४ ग्राम १५० मिलिग्राम फेला परेको थियो । उक्त लागुऔषधसहित पक्राउ गरी इलाका प्रहरी कार्यालय अनारमनीमा राखी थप अनुसन्धान भइरहेको छ ।
यसैगरी गएराति ९ बजेको समयमा झापा गाउँपालिका–३ फुलगाछबाट इलाका प्रहरी कार्यालय कुमरखोदबाट खटिएको प्रहरी टोलीले कनकाईनगरपालिका–३ सुरुङ्गा का २५ बर्षिय मन्जित भन्ने दर्पन वाग्लेलाई शंका लागेर चेकजाँच गर्ने क्रममा उनको साथबाट ब्राउन सुगर प्लाष्टिक बाहेक ३ ग्राम ४८ मिलिग्राम फेला परेको प्रहरीले जनाएको छ ।
उक्त लागुऔषधसहित उनलाई पक्राउ गरी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।