लक्ष्मीपुर । 

झापाको अर्जुनधारा नगरपालिका–५ बाँगेडाँगीमा रहेको श्री समाजसेवी आधारभूत बिद्यालयको ३० औं बार्षिकोत्सवका अवसरमा दाताहरुले बिद्यार्थीलाई शैक्षिक सामाग्री बितरण गरेका छन् । 

६० जना बिद्यार्थी अध्ययनरत उक्त बिद्यालयमा आज (सोमबार) बार्षिक उत्सवका अवसरमा दाताहरुले शैक्षिक सामाग्रीका रुपमा पोशाक, कापी र डटपेन वितरण गरेका हुन् । 

बिद्यालय ब्यवस्थापन समितिका अध्यक्ष टेकनाथ अधिकारी (महेन्द्र) को अध्यक्षतामा भएको कार्यक्रममा अर्जुनधारा–५ का वडाध्यक्ष गीताराज ख्डका (हरि) को प्रमुख आतिथ्य रहेको थियो । 

बिद्यार्थीहरुलाई बिर्तामोड–५ को एचसी गार्मेन्ट, श्रेष्ठ प्लाष्ट्रिक  र प्रेमानन्द शरण (रोशन) पोखरेलले संयुक्त रुपमा बिद्यालयको पोशाक बितरण गरेका थिए । यसैगरी समाजसेवी गोबिन्द कार्कीले बिद्यार्थीहरुलाई शैक्षिक सामाग्री अन्तरगत कापी र डटपेन बितरण गरेको बिद्यालय ब्यवस्थापन समितिका अध्यक्ष अधिकारीले जानकारी दिए । सोही कार्यक्रमकाबिच बिदार्थीहरुले सांस्कृतिक कार्यक्रमसमेत प्रदर्शन गरेका थिए । कार्यक्रममा गोबिन्द कार्की, गोकर्ण कार्की, गणेश कार्की र चेतबहादुर साहलाई सम्मान गरिएको थियो । 

स्वागत बिद्यालयकी शिक्षिका कमला गुरुङ्ले गरेको कार्यक्रमको सञ्चालन कार्यबहाक प्रधानाध्यापक सिता अधिकारी सिटौलाले गरेकी थिइन् । कार्यक्रममा वडाध्यक्ष तथा प्रमुख अतिथि खड्का, कार्यपालिका सदस्य चन्द्रकुमारी तामाङ, गोबिन्द कार्की, गणेश कार्की, डम्बर घिमिरेलगायतले शुभकामना मन्तव्य राखेका थिए ।