झापा । 

झापा गाउँपालिकाले किसानलाई सिचाइ मोटर र स्प्रे ट्याङ्की वितरण गरेको छ । पालिकाको कृषिमा विनियोजन बजेट  मार्फत ५०/५० साझेदारी कार्यक्रम अन्तरगत १७६ मोटर र ३३८ स्प्रे ट्याङ्की पालिकामा आयोजना गरिएको कार्यक्रममा वितरण  गरिएको हो । पालिका प्रमुख प्रशासकीय अधिकृत गजेन्द्र थपलियाको अध्यक्षता एवं कार्यवाहक अध्यक्ष अन्जुदेवी थपलियाको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा सिचाइ मोटर र स्प्रे ट्याङ्की कृषकहरुलाई वितरण गरिएको थियोे ।

झापा गाउँपालिकाले किसानलाई आत्मनिर्भर बनाउने उदेश्यले कृषि परियोजनको लागि बिधुत महसुलमा ८० प्रतिशत र झापा बासीलाई ५० प्रतिशत बिधुत महसुस समेत तिरी दिदै आएको कार्यवाहक अध्यक्ष थपलियाले बताइन्।

कृषि उत्पादन बढाउनको लागि प्रत्येक वडाका कृषकको खेतवारीमै बिजुली पुर्याउने कार्यक्रम समेत संचालित रहेको बताउदै यस आर्थिक बर्षमा समेत  १ करोड रुपैयाँको बिजुलीको पोल र ६५ लाखको बिजुली तार खरिद गरिएको बताउदै झापा गाउँपालिकाका निर्वाचित अध्यक्ष जयनारायण शाहले अगाडि बढाएको सबै कार्यक्रमहरुलाई निरन्तरता दिदै अगाडि बढेको समेत कावा अध्यक्ष थपलियाले जिकिर गरिन् । 

स्थानीय तहको समग्र विकासको लागी जनप्रतिनिधिहरुले अगाडि सारेका महत्त्वपूर्ण कार्यक्रमलाई प्राथमिकतामा राखेर काम गर्दै आएको प्रमुख प्रशासकीय अधिकृत गजेन्द्र थपलिलाले जानकारी दिए। झापा गाउँपालिका मकै खेतीको ‘मकै जोन’ क्षेत्र  भएकोले यहाँका किसानलाई पालिकाले २०७४ देखीनै प्राथमिकतामा राखेर सहयोग पुर्याउदै आएको  समेत प्रमुख प्रशासकीय अधिकृत थपलियाले बताए। थपलियाका अनुसार  टेन्डर मार्फत ४९ लाख ६ सय ७९ रुपैयाँ बराबरको मोटर र स्प्रे ट्याङ्की गरिद गरिएको हो ।

किलस्कर कम्पनीको २ हर्ष पावर को बिधुतिय मोटरको लागी किसानले ११ हजार ८० रुपैयाँ  व्यहोर्नुपर्ने हुन्छ भने पालिकाले त्यति नै रकम व्यहोर्ने छ । त्यस्तै स्प्रे ट्याङ्कीमा समेत पालिकाले साझेदारी कार्यक्रम अनुसार १५ सय ८५ रुपैयाँ व्यहोर्ने गरि  काम गरिएको थपलियाले बताइन्।

उक्त कार्यक्रममा वडा नम्बर १ का अध्यक्ष राजकुमार यादव ,७ का वडा अध्यक्ष शखीचन्द्र ठाकुर , निवर्तमान कृषि शाखा प्रमुख जगत नारायम मण्डल , कृषक एवं शिक्षा  समिति सदस्य शुन्दरलाल गणेश , कृषक तविजो मिया ,कुमार मैनाली लगायतले आ–आफ्नो प्रतिक्रियासहित मन्तव्य राखेका थिए ।

उक्त कार्यक्रममा स्वागत तथा  औचित्य माथी कृषि शाखा पाचौं कर्मचारी समिक्षा उप्रेती प्रष्ट पारेको कार्यक्रमको सहजीकरण प्रशासन शाखा प्रमुख युवराज कोइरालाले गरेका थिए ।