बिर्तामोड । 

बिर्तामोड उद्योग बाणिज्य संघले स्थापना गरेको व्यवसायीक सदस्य राहत कोषमा सहयोग जुट्ने क्रम जारी छ । यसै क्रममा संघका कार्य समिति सदस्य अनन्तलाल महतोले जन्मदिनको अवसर २५ हजार १०० रुपैयाँ कोषमा दिएका छन् । 

उद्योगी व्यवसायीको हकहितका लागि कार्य गर्दै आएको संघले व्यवसायीको आपतबिपतमा मलमपट्टी लगाउने उद्देश्यले  एक करोड रुपैयाँ लक्ष्यका साथ स्थापना राहत कोष स्थापना गरेको हो । 

बिर्तामोड उद्योग बाणिज्य संघका अध्यक्ष राजु न्यौपानेसहित कार्य पदाधिकारी तथा सदस्यहरुलाई जन्मदिनको अवसर पारेर महतोले उक्त रकम हस्तान्तरण गरेको संघका कोषाध्यक्ष युवराज निरौलाले जानकारी दिए । 

यसैक्रममा महतोलाई संघका अध्यक्ष न्यौपाने, बरिष्ठ उपाध्यक्ष बिशाल थापा, महासचिव कुशल खतिवडा, कोषाध्यक्ष निरौलालगाय पदाधिकारी तथा सदस्यले जन्मदिनमा गरिने फजुल खर्च ब्यवसायिको हकहितका लागि स्थापना गरिएको कोषमा उपलब्ध गराइएको भन्दै धन्यवादसहित जन्मदिनको शुभकामना दिएका थिए ।