झापा । 

झापाको मेचीनगर नगरपालिका–५ स्थित रहेको नकलबन्दा टि–स्टेड  चिया बगानमा पिपलको रुखको हाँगा काटने क्रममा घाइते भएका एक जनाको मृत्यु भएको छ । 

आज (बिहान) १०ः३० बजे मेचीनगर–५ का  २६ बर्षिय सिताराम उराउ र सोही स्थानका २३ बर्षिय सिलास उराउले बगानमा रहेको पिपलको रुखको हाँगा काट्न रुखमा चडेका थिए । सोही क्रममा रुखको हाँगा बिजुलीको पोलमा लागेर बिजुलीको पोल ढलेर करेन्ट नभएको उक्त पोलमा रहेको तारले सोही स्थानका ५८ बर्षिय  मंगले सार्की अर्थात काम लगाउने कर्मचारीको टाउकोमा चोट लागेर घाईते भएका थिए । 

घाइते उनलाई उपचारको  लागि प्रादेशिक अस्पताल भद्रपुर झापा पठाईएको थियो । उनको उपचारको क्रममा बिहान ११ः१५ बजेको समयमा मृत्यु भएको चिकित्सकले घोषणा गरेका हुन् । रुखको हाङगा काट्ने दुबै जनालाई प्रहरीले नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय काँकरभिट्टामा राखेर थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।