झापा । 

आज दिउँसो कोशी, बागमती, कर्णाली र सुदूरपश्चिम प्रदेशमा आंशिक बदली रहने सम्भावना रहेको छ भने अन्यत्रको मौसम सामान्यतया सफा रहनेछ ।

हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको र जसको प्रभावले सुदूरपश्चिम र कर्णाली प्रदेशमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। 

तराईका केही भू–भागमा हुस्सु तथा कुहिरो लागेको छ । राति पनि यही  मौसमले सिलसिलाले निरन्तरता पाउने महाशाखाले जनाएको छ ।  तराईका बिभिन्न भू–भागहरूमा हुस्सु तथा कुहिरो लागेको महाशाखाले  जनाएको छ ।