झापा । 

झापाको मेचीनगर नगरपालिका–६ मेचीपुलबाट प्रतिबन्धित लागू औषधसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्युरो काँकरभिट्टाबाट खटिएको प्रहरी टोलीले भारतबाट नेपालतर्फ सिटि सफारीमा आउँदै गरेका उनलाईसोमवार साँझ ५ बजे नियन्त्रणमा लिएको थियो । 

पक्राउ पर्नेमा ताप्लेजुङ सिदिङवा गाउँपालिका–३ का २२ बर्षिय सुरेन्द्र राई छन् । उनलाई शंका लागेर चेकजाँच गर्ने क्रममा लुकाई छिपाई ल्याउँदै गरेको खैरो हेरोईन प्लाष्टिक बाहेक १ ग्राम १३० मिलिग्राम फेला परेको प्रहरीले जनाएको छ । 

राईलाई नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय काँकरभिट्टामा राखेर थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।