झापा।

कोशी प्रदेश सरकारका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले धार्मिक सहिष्णुताका हिसाबले कोशी प्रदेश अन्य भन्दा विशिष्ठ रहेको बताएका छन् । नेपालमा रहेका १२ वटा ज्योतिर लिङ्ग मध्ये कोशी प्रदेशमा सबैभन्दा धेरै ज्योतिर लिङ्ग रहेको बताउँदै मुख्यमन्त्री कार्कीले कोशी आफैंमा विशिष्ठ प्रदेश भएको बताएका हुन् ।

बिर्तामोड ५ स्थित बालाजी टोलमा निर्मित गायत्री माताको प्राण प्रतिष्ठा पछि मन्दिरको उद्घाटन गर्दै मुख्यमन्त्री कार्कीले धार्मिक सहिष्णुतासंगै कोशी प्रदेशमा ८ हजार मिटर भन्दा उचाईमा रहेका हिमालको संख्या पनि अन्य प्रदेश भन्दा धेरै भएको र विश्वको सर्वाेच्च शिखर सगरमाथा पनि यही प्रदेशमा भएकाले यो प्रदेशको विशिष्ठ स्थान रहेको उल्लेख गरे । कोशी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८२ लाई पर्यटन वर्षका रुपमा मनाउने र कोशी प्रदेशमा धार्मिक पर्यटन क्षेत्रको समेत विकास गरेर लैजाने धारणा राखे । उनले कोशी प्रदेशमा लगानी सम्मेलन गर्दै चिया लगायतका कृषि जन्य बालिको विकासमा समेत टेवा पु¥याउने विशेष खालका योजना अघि सारेको बताए ।

नेपालका प्रथम जगतगुरु अनन्त श्री विभूषित बालसन्त मोहनशरण देवाचार्य महाराजले कोशी प्रदेश धार्मिक पर्यटनका हिसावले नेपालकै अब्बल प्रदेश रहेको बताउँदै यसको संरक्षण र सम्र्वद्धनका लागि सरकारले सहयोग गर्नु पर्ने धारणा राखे । नेपाल सरकारले अंग्रेजी सम्वतलाई नयाँ वर्षका रुपमा मनाउने गरेपनि कोशी प्रदेश सरकारले आगामी वैशाख १ गतेबाट नेपालको पर्यटन वर्ष मनाउने योजनाको प्रशंसा गरेका छन् ।

 गायत्री माता मन्दिर निर्माण समितिका संयोजक रौनक वंशलको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन संचारकर्मी केशव भट्टराईले गरेका थिए । मन्दिरको संरक्षण, रेखदेश र अपनत्वका लागि झापाका विभिन्न ८२ वटा संघ संस्थाले ऐकेवद्धता जनाएका छन् । मन्दिर उद्घाटन अघि जगतगुरु अनन्त श्री विभूषित बालसन्त मोहनशरण देवाचार्य महाराज समेतको सहभागीतामा बिर्तामोडमा ¥यालीको आयोजना गरिएको थियो । ¥यालीमा एक हजार भन्दा बढी भक्तजनहरुको सहभागीता रहेको थियो ।

माताको मन्दिर उद्घाटन अघि मन्दिर परिसरमा पाँच दिवसिय धार्मिक अनुष्ठान आयोजना गरिएको थियो । गत माघ १७ गतेदेखि शुरु भएको अनुष्ठानको उद्घाटन प्रतिनिधि सभा  नेपालका सभामुख देवराज  घिमिरेले गरेका थिए ।

गायत्री मन्दिर अढाई करोड रुपैयाँको लागतमा निर्माण गरिएको हो । जसका लागि कोशी प्रदेश सरकारको ४० लाख, बिर्तामोड नगरपालिकाको १५ लाख रुपैयाँ र स्थानीय दाताको सहयोगमा तयार गरिएको मन्दिर निर्माण समिति संयोजक वंशलको भनाई छ ।