चारपाने । 

‘नविन बचाउ अभियान’ (निमा तेन्जिङ शेर्पा) बाट संकलित रकम सार्जजनिकसहित परिवारलाई हस्तान्तरण गरिएको छ । तेह«थुमको आठराई गाउँपालिका–२ खामलालुङ चिसापानी खेल मैदानमा फूटवल खेल्ने क्रममा गत भदौं महिनामा आन्द्रामा समस्या भएर उपचारका लागि २१ बर्षिय नविनको सहयोगार्थ संकलित रकमको आयव्यव सार्वजनिकसँगै नविनसहित उनको परिवारलाई हस्तान्तरण गरिएको हो । 

झापाको बिर्तामोड–२ चारपानेकी गोमा निरौला लिम्बु बिरामी नविनका काकाले सञ्चालन गरेको अभियानका क्रममा देश तथा बिदेशमा रहेका सहयोगी भावनाका धनिहरुबाट ८ लाख ४७ हजार ६ रुपैयाँ संकलन भएको गोमाले बताइन् । 

उक्त रकम मध्ये तीन लाख ११ हजार ५३६ रुपैयाँ खर्च भएको र बाँकी रहेको रकम आज (सोमबार) आयव्यय सार्वजनिकसँगै बिरामी नविनलाई नै हस्तान्तरण गरेकी छिन् । नविन आमाबुबा बिहिन रहेको अझै अस्पतालमा फलअप गर्नु पर्ने भएकाले उनलाई बाँकि रकम हस्तान्तरण गरिएको गोमाले बताइन् । 

नविल फूटवल खेल्ने क्रममा किपरसँग ठोक्किदा उनको आन्द्रामा समस्या आएपछि सामान्य उपचा गर्दा समस्या जटिल देखिएपछि उनलाई बिर्तामोडस्थित बिर्तासिटी अस्पताल ल्याएर उपचार गराइएको थियो । 

आर्थिक अवस्था नाजुक र आमाबाबु बिहिन नविनको अवस्था देखेर गोमाले नविनका दाजु कमल शेर्पाको नेपाल बैंक लिमिटेडमा रहेको खाताको क्यूआर मार्फत सामाजिक सञ्जालबाट देशबिदेशमा रहने महानुभावसँग सहयोगको अपिल गरेको गोमाले बताइन् । उनले सवै देश तथा बिदेशमा रहने महानुभावको सहयोगका कारण नै नविनको उपचारमा ठूलो सहयोग मिलेको भन्दै सहयोग गर्ने सम्पूर्णलाई हार्दिक धन्यवाद दिएकी छिन् । उनले आफु पनि आठराईबासी नै भएको र छिमेकी भाईको त्यो अवस्था देखेर आफुले अभियान चलाएको बताइन् । 

आय ब्यय सार्वजनिक तथा हस्तान्तरण कार्यक्रममा सामाजिक ब्यक्तित्व प्रेमप्रकाश सिटौला, बिरामीका दाजु कमल शेर्पा, काका इन्द्रकुमार शेर्पा, बिर्ता सिटी अस्पतालका प्रशासन प्रमुख बिनोदकुमार बस्नेतलगायतको उपस्थिति रहेको थियो ।