• सुदिप गिरी 

हल्दीबारी । 

झापाको हल्दीबारी–२ मा राधाकृष्ण मन्दिरको शिलान्यास गरिएको छ । सनातन धर्म सेवा समिति स्थानीय शाखा हल्दीबारी ६ र ७ द्वारा मन्दिरको शिलान्यास आज (सोमबार) सम्पन्न भएको छ । २०४८ सालमा निर्मित मन्दिर जीर्ण भएपछि सोहि स्थानमा भव्य र दिव्य मन्दिर बनाउने उद्वेश्यले मन्दिरको शिलान्यास गरिएको हो।

 संस्थाका सभापति देवनारायण चुडालको सभापतित्वमा भएको औपचारिक कार्यक्रममा प्रमुख अतिथि हल्दीबारी गाउँपालिका अध्यक्ष रबिन्द्र लिङ्देनले शिलान्यास गरेका थिए। बिशिष्ठ अतिथि शुकलाल राजवंशी, पत्रकार नेत्रबिक्रम बिमली, समाजसेवी लक्ष्मीप्रसाद खनाल, राजनीतिक तथा सामाजिक ब्यक्तित्व गंगाप्रसाद प्रसाई, समाजसेवी होमनाथ दाहाल, चक्रप्रसाद खरेल, गंगाप्रसाद दंगाल, टेकबहादुर श्रेष्ठ, भीमबहादुर श्रेष्ठ, रामप्रसाद उप्रेती, खडानन्द घिमिरे, गोपाल मैनाली, मोहन भट्टराई लगायतको उपस्थिति रहेको थियो । 

ॐकार उच्चारणको अगुवाई रघुनाथ पाठकले गरेका थिए भने स्वागत  गंगाप्रसाद प्रसाईले गरेका थिए। मन्दिर शिलान्यास कार्यक्रममा प्रमुख अतिथि लिङ्‌देन, वडाध्यक्ष शुकलाल राजवंशी, कार्यक्रमका अध्यक्ष देवनारायण चुडालले मन्तव्य राखेको  थिए । कार्यक्रमको सहजीकरण संस्थाका सचिब एवम् सनातन धर्म सेवा समिति जिल्ला शाखा झापाका सचिब लक्ष्मीप्रसाद दंगालले गरेका थिए ।

शिलान्यास कार्यक्रममा संस्थाका पूर्व अध्यक्ष गंगाप्रसाद प्रसाईले आफ्ना बुबाआमाको स्मृतिमा मन्दिर बनाउन ५५ हजार ५ सय ५५ रुपैयाँ सहयोग गर्ने घोषण गरेका थिए। आधुनिक ढंगले  प्राबिधिक नाप नक्सासहित दिव्य र भव्य मन्दिर बनाउन समितिले सबैलाई आफुले सक्दो सहयोग पुर्याउन समेत आग्रह गरेको छ।