झापा ।
झापाको कनकाई नगरपालिका वडा नम्बर १ जुँकेकल्भर्टस्थित पूर्व–पश्चिम राजमार्गमा भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ । आज (सोमवार) बिहान ४ः३० बजेको समयमा सुरुङगाबाट बिर्तामोडतर्फ जाँदै गरेको मे ४ प ९५० नम्बरको मोटरसाईकल आफै अनियन्त्रित भई डाईभर्सनमा ठोकिएको थियो ।
उक्त दुर्घटना हँुदा मोटरसाईकल चालक झापा गाउँपालिका–६ शरणामती का अन्दाजी ५० बर्षिय हरिप्रसाद सिटौला घाइते भएका थिए । उनको टाउको, निधारमा चोट लागेर उपचारको लागि बीएण्डसी अस्पताल बिर्तामोड पठाइएको थियो ।
उनलाई अस्पताल पु¥याउन साथ चिकित्सकले चेकजाँच गर्दा मृत्यु भइसकेको घोषणा गरेका थिए । सो दुर्घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।