झापा । 

झापाको काँकरभिट्टा बसपार्कबाट मदिरासहित बिभिन्न सामाग्री प्रहरीले नियन्त्रणमा लिएको छ । प्रहरीले आइतवार साँझ ७ः४५ बजेको समयमा भारतबाट नेपालतर्फ लुकाई छिपाई ल्याउँदै गरेको ९० बोतल मदिरा नियन्त्रणमा लिएको हो । 

इलाका प्रहरी कार्यालय काँकरभिट्टाबाट खटिएको प्रहरी टोलीले मेचीनगर–६ बसपार्क हुँदै भारतबाट नेपाल तर्फ अबैध रुपमा लुकाई छिपाई ल्याउँदै गरेको वडोमस नामक मदिरा ९० बोतल,  १२ भोल्टको EXIDE कम्पनीको व्याट्री ४ थान,  इन्भटर  ३ थान गरी जम्मा तीन लाख ३५ हजार मूल्य बरावरकोसामानहरु बेवारिसे अवस्थामा फेला पारेको थियो ।

उक्त, सामाग्री बरामद गरी अवश्यक कारवाहीको लागि मेची भन्सार कार्यालय काँकरभिट्टा बुझाउने तयारी भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।