बिर्तामोड । 

नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) झापाको अध्यक्षमा अर्जुन राजवंशी निर्वाचित भएका छन् ।आज (शनिवार) बिर्तामोडमा भएको फोनिजको सातौ जिल्ला अधिवेशनले राजवंशीको नेतृत्वमा आगामी तीन वर्षे कार्यकालका लागि नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको हो ।

समतिको उपाध्यक्षमा तिलक योञ्जन, सचिव सन्तोष बेघा, सह–सचिव भारती राई र कोषाध्यक्षमा नरेश गुरुङ चयन भएका छन् । यसैगरी सदस्यहरुमा सुरेश आले मगर, रविकिरण बान्तवा, विष्णुकुल श्रेष्ठ, सुजन राई, सौरभ मुखिया‘, मिना नेम्बाङ, सुमन बेघा र डिके शेर्मा रहेका छन् ।

अधिवेशनले केन्द्रीय महाधिवेशन प्रतिनिधिमा दीपिन राई, गणेशमान मुखिया , भूमिका फियाक , विशाल नेम्बाङ, इन्द्रसिंह राजवंशी, आनन्द गुरुङ, दिलकुमार लावती र सुशन राई महाधिवेशन प्रतिनिधिमा चयनगरेको छ ।

फोनिज झापा अध्यक्ष भूमिका फियाकको अध्यक्षतामा भएको कार्यक्रम फोनिजका संघीय उपाध्यक्ष कमन देवानको प्रमुख आतिथ्य रहेको थियो । कार्यक्रममा स्व. डिकमान विरही स्मृति पत्रकारिता पुरस्कारबाट विष्णु सुब्बालाईं पुरस्कृत गरिएको थियो भने उदीयमान पत्रकारिता पुरस्कार रविकिरण बान्तवा राई र सुजन राईलाई प्रदान गरिएको छ । सो अवसरमा रजत वर्ष स्मारिकासमेत विमोचन गरिएको थियो ।