धुलाबारी ।

नेपाल स्काउट मेचीनगरको तेस्रो नगर स्काउट क्याम्प २०८१ धुलाबारीमा सम्पन्न भएको छ । क्याम्पको उद्घाटन स्थानीय संरक्षक एवम् नगर प्रमुख गोपालचन्द्र बुढाथोकीले गरेका हुन् । समापन उपप्रमुख मीना उप्रेती पोखरेलले गरेकी थिइन् । 

कार्यक्रममा राष्ट्रिय तालिम आयुक्त भुवन सुब्बा, राष्ट्रिय परिषद् सदस्य अरुण बस्नेत, कोशी प्रदेश प्रमुख आयुक्त हेमन्त भण्डारी, शिक्षा शाखा प्रमुख उपसचिव होमनाथ भण्डारी, शहिद दशरथ माविका प्रधानाध्यापक केशव पौडेल, नेशनल प्याब्सन मेचीनगरका अध्यक्ष कविन्द्र श्रेष्ठ, हिमालयन इङ्लिस एकाडेमीका प्रिन्सिपल जगतबहादुर तामाङले शुभकामना मन्तव्य राखेका थिए । क्याम्पको व्यवस्थापन हिमालयन इङ्लिस एकाडेमी धुलाबारीले गरेको थियो ।

कार्यक्रममा इलाका प्रहरी कार्यालय काँकरभिट्टाका इन्चार्ज एवम् प्रहरी नायव उपरीक्षक मिमबहादुर लामा, सशस्त्र प्रहरी बल गुल्म काँकरभिट्टाका प्रमुख एवम् सशस्त्र प्रहरी नायव उपरीक्षक यमनाथ उप्रेती, सहायक राष्ट्रिय प्रशिक्षकहरु मीनाकुमारी कटुवाल, गंगाराम राई, भगिरथ राई, खड्ग पन्धाक सुब्बा, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष हिम्मत क्षेत्री लगायत अन्य विद्यालयका प्रधानाध्यापक तथा अतिथिहरुको उपस्थिति रहेको थियो ।

क्याम्पमा नगरका १९ वटा विद्यालयका करिव ६०० जना स्काउट एवम् स्काउटरको सहभागिता रहेको नेपाल स्काउट मेचीनगरका आयुक्त रीता थापाले बताइन् ।

स्थानीय प्रमुख आयुक्त रीता थापाको अध्यक्षता भएको कार्यक्रममा स्थानीय परिषद् सदस्य दिपक बागदासले कार्यक्रमको औचित्यमाथि प्रकाश पारेका थिए । स्वागत स्थानीय समिति सुशासन एवम् बित्त आयुक्त भारती निरौलाले गरेकी थिइन् । कार्यक्रमको सञ्चालन स्थानीय परिषद् सदस्य दुर्गाबहादुर लुइँटेलले गरेका थिए ।