झापा ।
झापाको बुद्धशान्ति–१ मेची राजमार्ग अन्तर्गत हडिया खोलापुलको दक्षिणतर्फ घोषित मेची राजमार्ग बन्द गरिएको छ । आज बिहान ९ः३० बजेदेखी घोषित मेची राजमार्ग बन्द गर्ने कार्यक्रम अनुरुप बन्द गरिएको हो ।
प्रदेश नं. १ पुनः नामाङकन संयुक्त संघर्ष समितिका झापा जिल्ला सह–संयोजक राजा आङथुपोको नेतृत्वमा १०÷१२ जना भेला भई इलामतर्फ जाने सार्वजनिक यात्रुबाहक सवारीसाधन, निजि चारपाङ्ग्रे सवारीसाधन, मालबाहक सवारीसाधन रोकेर सडक अवरुद्ध बनाएका थिए ।
बन्दकर्ताहरुले केवलकार चाइदैन, राज्य हस्तक्षेप बन्द लगायका नाराबाजी गर्दै सवारी साधन बन्द गरेका छन् । बिहान ११ बजे मुक्कुमलुङ संघर्ष समिति झापा अध्यक्ष हिमालय प्रकाश आङ्दाङ्बे नेतृत्व, प्रदेश नं. १ पुनः नामाङकन संयुक्त संघर्ष समितिका झापा जिल्ला सह संयोजक राजा आङथुपो, मुक्कुमलुङ संघर्ष समितिका झापा जिल्ला सह संयोजक पुर्ण सुहाङ , एलभि कमान्डर करण शेर्पा लगायत ३०÷३५ जना बन्दकर्ताको उपस्तिथि रहेको थियो ।
बन्दकर्ताले इलामतर्फ जाने सार्वजनिक यात्रुबाहक सवारीसाधन पुर्णरुपमा बन्द, निजि चारपाङ्ग्रे गाडी पुर्णरुपमा बन्द, अटो÷टेम्पो समेत बन्द, एम्बुलेन्स, बिरामी बोकेका गाडी, मरिमराउको गएका, दूध÷ चियाका गाडी, मोटरसाइकल सञ्चालनमा रहेका छन् । बन्दकर्ताले सडकको बिच र दुबैतर्फ गरि ३ वटा झण्डा समेत राखेको बताईको छ ।