झापा ।
मुक्कुम्लुङ संरक्षण संयुक्त संघर्ष समिति, केबलकार खारेजी संयुक्त संघर्ष समितिलगायतका ६ वटा संस्थासहित सात वटा राजनीतिक दलले आजदेखि मेची राजमार्ग र तमोर करिडोरमा आव्हान गरेको बन्दका कारण यातायातका साधन बन्दसँगै आन्दोलन घोषणा गरेका छन् ।
बिर्तामोडबाट मेची राजमार्ग भएर पूर्वी पहाडी जिल्लातर्फ जाने सवारी साधनहरु चल्न नसकेका हुन् । मेची राजमार्ग भएर इलामतर्फ जाने सवारी साधनलाई स्कर्टिङको व्यवस्था गर्न लागिएको इलाका प्रहरी कार्यालय धुलावारीले जनाएको छ । प्रहरीका अनुसार फाट्टफुट्टरुपमा साना सवारी साधनहरु संचालन भइरहेको छन् । आज बिहानै मेची राजमार्गको विभिन्न ठाउँमा बन्दकर्ताहरुले टायर बालेकोमा प्रहरीले त्यसलाई निभाएको छ ।
पाथीभरामा शनिबार भएको झडपको विरोध, केबलकार निर्माण कम्पनी फिर्तालगायतका माग राख्दै मुक्कुुम्लुङ संरक्षण संयुक्त संघर्ष समिति, पाथीभरा केवलकार खारेजी संयुक्त संघर्ष समिति, किरात याक्थुङ चुम्लुङ, थरगत संस्था (याक्थुङ सयङ) सहजीकरण समूह र किरात धर्म तथा साहित्य उत्थान संघले बन्द आह्वान गरेका हुन् ।
यसैगरी कुमार लिङ्देन ’मिराक, अध्यक्ष, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च, प्रा.डा. महेन्द्र लावती, संयोजक, पहिचानवादी मोर्चा, सञ्जय राई, मुख्य सचिव, जसपा नेपाल, लिम्बूवान राष्ट्रिय समिति, रमेश राई, अध्यक्ष, जसपा सम्बद्ध किरात राष्ट्रिय समिति, धनबहादुर पन्धाक, अध्यक्ष, प्रदेश नं १, नागरिक उन्मुक्ति पार्टी, भक्त खेवाङ, उपाध्यक्ष, नेपाल जनमुक्ती पार्टी, नयन्द्र चाम्लिङ, अध्यक्ष, प्रदेश नं. १, मंगोल नेसनल अर्गनाइजेसन–डिजिजिले पनि प्रेस बिज्ञप्ती जारी गर्दै बिभिन्न माग र नारासहित आन्दोलन घोषणा गरेका छन् ।
आन्दोलन शशक्त र शान्तिपूर्ण हुने प्रभावशाली युवा नेता नेपाल जनमुक्ति पार्टीका केन्द्रीय सचिव तथा संयुक्त पहिचानवादी मोर्चाका सङ्गठन विभाग प्रमुख एल.बी. पालुङ्वाले बताएका छन् ।
- यस्तो छ मुक्कुमलुङ संरक्षण अन्तर्दलीय संघर्ष समितिको मुक्कुमलुङ गोली काण्डबारे
- प्रेस विज्ञप्ति
मिति : २०८१।१०।१४ गते
मुक्कुमलुङ, ताप्लेजुङको मात्र नभई देशको साझा सांस्कृतिक तथा प्राकृतिक सम्पदा हो । स्थानीय रुपमा मुन्धुमी आस्था स्थल र माङगेन्ना चोत्लुङ हो। यसको बचाउका लागि विगतदेखि समुदाय आन्दोलनरत रहेको सबैमा जगजाहेर छ । यसैक्रममा २०८१ माघ १३ गते शान्तिपूर्ण जनप्रदर्शनको तयारी हुँदै थियो । यसै क्रममा २०८१ माघ १२ गते बेलुकी फुङलिङ नपा ११ स्थित बलुडाँडामा सशस्त्र प्रहरीले निहत्या जनतामाथि बरबर दमनचक चलाएको छ । धार्मिक स्थललाई युद्ध मैदानमा परिणत गरि ताप्लेजुङलाई अशान्त बनाइएको छ । दलाल माफियाद्वारा पालित पोषित नश्लवादी राज्यको यो क्रूर दमनचक्रको मुस्कुमलुङ संरक्षण अन्तर्दलीय संघर्ष समिति घोर आपत्ति, निन्दा र भत्र्सना गर्दछ ।
प्रहरीको गोली लागि यामबहादुर लिम्बू, सगुन लावती, धर्मन पालुङवा, मंगल लावती, धोजनारायण साँबा र विशाल लिम्बू गम्भिर घाइते भएका छन् । लक्ष्मण लिम्बु र चन्द्र सागर लिम्बुलाई अन्यायपूर्वक ताप्लेजुङ जिल्ला प्रहरी कार्यालयमा हिरासतमा राखिएको छ । कैयौं घाइते भएका छन् । सम्पूर्ण घाइतेहरूको शिघ्र स्वास्थ्य लाभको कामना गर्दछौ । भोलिपल्टको प्रदर्शन कार्यक्रमका लागि तयारीको सिलसिलामा बलुडाँडामा जम्मा भई कोही खाना खाइरहेका र प्लेकार्ड बनाउँदै बसेका समुदायलाई सशस्त्र र जनपथ प्रहरी गई खानतलासी गर्ने निहुँमा दादागिरी र गुण्डागर्दी देखाउने, धम्क्याउने, घर घेरा हाली कब्जा गर्ने, भान्छा घरका भाँडाकुँडा तोडफोड गर्ने, फाल्ने, विना कसूर कुटपिट, लाठीचार्ज गरी आक्रमण गरिएको र भाग्ने क्रममा गोली हानिएको छ। जंगलतिर भागेकाहरूमाथि खेदी खेदी गोली प्रहार गरिएको छ । निहत्या मानिसमाथि यति निर्ममतापूर्वक राक्षसी शैलीमा आक्रमण गरिएको छ र यो गम्भिर मानवअधिकार उल्लंघनको घटना हो । यो घटना दोहोरो भिडन्त पनि होइन, जुलुस पनि थिएन, जुलुसले पुलिसमाथि ढुंगा प्रहार गरेको घटना पनि होइन, कुनै तोडफोडमा उत्रेको स्थिति पनि होइन। शान्त रुपमा बसिरहेका जनतामाथि पुलिस गएर एक्कासी आक्रमण गर्न र निहत्थामाथि गोली हान्नु पर्ने अवस्था नै थिएन ।
यो घट्नाको निश्पक्ष छानविन गरी दोषीलाई कडा कारबाही गरिनुपर्छ । माफिया दलाल चन्द्र ढकाल र उसका भिजिलान्तेहरूको संरक्षण गर्दै मुक्कुमलुङ संरक्षणकर्मीहरुलाई एकपक्षिय ढंगले दमन गर्ने र गोली बर्साउने कार्य गरिरहेको छ । राज्यको प्रहरी प्रशासन जनताप्रती जवाफदेही हुनु पर्नेमा नाफाखोर दलाल व्यापारीको नीजि सुरक्षा दस्तामा रुपान्तरण भएको छ । दलाल पुँजीपती चन्द्र ढकालको निजि सिडिओ र डिएसपीको भुमिकामा रहेर मुक्कुमलुङ प्रेमीहरूलाई गोली हान्न आदेश दिने ताप्लेजुङका सिडिनो र सशस्त्र प्रहरीका डिएसपीमाथि कडा कार्वाही गर्नु पर्दछ ।
शान्तिपुर्ण रूपमा रहेका मुक्कुमलुङ प्रेमीहरूमाथी गोली प्रहार गरेर राज्य पक्षले अक्षम्य गन्ती गरेको छ । दमन र ज्यादतीले सीमा नाघेको छ । राज्यको दमन र ज्यादतीबाट मुक्कुमलुङ संरक्षण आन्दोलन झुक्ने छैन, अझ सशक्त ढंगले अघि बढ्नेछ । त्यसैले समुदायले विगतदेखि गर्दै आएको मुक्कुमलुङ बचाउ आन्दोलनप्रति हाम्रो पूर्ण साथ समर्थन, सहयोग र ऐक्यबद्धता छ । जनताको न्यायपूर्ण आन्दोलनलाई निर्णायक बनाउन हाम्रो सशक्त उपस्थिति र सहभागिता रहनेछ ।
राज्यको जंगली शैलीको बरबर जातीय दमन, सांस्कृतिक हस्तक्षेप, नरसंहार तथा सांस्कृतिक जेनोसाइड विरुद्ध सम्पूर्ण न्यायप्रेमी जनता सशक्त रुपमा आन्दोलनमा उत्रन समेत आव्हान गर्दछौ । मुक्कुमलुङ क्षेत्रमा अहोरात्र खटिरहनु भएका अभियन्ताहरुप्रती उच्च सम्मान व्यक्त गर्दै दृढ इच्छाशक्तिका साथ सबै सडकमा उत्रिजी हाम्रो जित सुनिश्चित छ । हाम्रो आन्दोदनबाट नश्लीय राज्यसत्ता आत्तिएर अन्धाधुन्द गोली बर्साउन थालेको छ । यो पराजित मानसिकताको उपज हो ।
त्यसकारण राज्यको निहत्था जनतामाथिको कुर दमनचक्र बिरुद्ध र सामाजिक, सांस्कृतिक अधिकारको रक्षाको लागि २०८१ माघ १५ गतेदेखि अनिश्चितकालीन मेची राजमार्ग, तमोर करिडोर र तेह्रथुमबाट ताप्लेजुङ छिर्ने नाका बन्द सफल पारौं । यसबाट उत्पत्त सबै किसिमका परिस्थितिहरूको जिम्मेवार सरकार हुनेछ ।
- आन्दोलनका कार्यक्रम तथा मागहरू :
१. मिति २०६१ माघ १५ गतेदेखि अनिश्चितकालीन मेची राजमार्ग, तमोर करिडोर, तेह्रथुमबाट ताप्लेजुङ छिर्ने नाकाहरू र ताप्लेजुङभित्र यातायात बन्द ।
२. मानव अधिकार हनन गरी नितिगत भ्रष्टाचार गर्दै अकुत सम्पती कमाएका माफिया दलाल चन्द्र ढकालको ग्लोबल आइएमई बैंकमा रहेको खाता बन्द गर्न सबैलाई आव्हान गर्दछौ। मानव अधिकार हननकर्ता चन्द्र ढकालको ताप्लेजुङ, पाँचथर, तेह्रथुम, धनकुटा, इलाम, झापा, मोरङ, सुनसरी जिल्ला लगायतका ग्लोबल क्ष्ःभ् बैंक बन्द गर्ने ।
३. माफिया दलाल चन्द्र ढकाल र कारिन्दा रुद्र पौडेललाई ताप्लेजुङ जिल्ला निषेध गर्ने ।
४. बागद्दार मेयर अमीर मादेनलाई ताप्लेजुङ जिल्ला बाहिर निषेध गर्ने ।
५. पाथीभरा क्षेत्र विकास समिति खारेज गर्नुपर्ने ।
६. ताप्लेजुङका सिडिओ र डिएसपीले सार्वजनिक माफि माग्नु पर्ने, घटनाको निश्पक्ष छानबिन गरी दोषीलाई कडा कार्वाही गर्नुपर्ने ।
- नाराहरूः
- मुक्कुमलुङ संरक्षण प्रेमीहरूमाथी गोली चलाउन पाइदैन । धर्ममा व्यापारीकरण बन्द गर।
केबलकार निर्माण खारेज गर ।
राज्य आतंक बन्द गर । प्रहरी दमन र ज्यादती बन्द गर।
मुक्कुमलुङमा केवलकार चाहिदैन । असक्षम गृहमन्त्री राजीनामा दे।
- अन्तर्दलीय राजनितिक पार्टीहरू :
१ कुमार लिङ्देन ’मिराक, अध्यक्ष, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च
२. प्रा.डा. महेन्द्र लावती, संयोजक, पहिचानवादी मोर्चा,
३. सञ्जय राई, मुख्य सचिव, जसपा नेपाल, लिम्बूवान राष्ट्रिय समिति
४. रमेश राई, अध्यक्ष, जसपा सम्बद्ध किरात राष्ट्रिय समिति
५. धन बहादुर पन्धाक, अध्यक्ष, प्रदेश नं १, नागरिक उन्मुक्ति पार्टी
६. भक्त खेवाङ, उपाध्यक्ष, नेपाल जनमुक्ती पार्टी
७. नयन्द्र चाम्लिङ, अध्यक्ष, प्रदेश नं. १, मंगोल नेसनल अर्गनाइजेसन–डिजिजि