विराटनगर ।

नेपाल निजामती कर्मचारी संगठन मोरङ अध्यक्षमा शालिगराम कोइराला निर्वाचित भएका छन् । विराटनगरमा शनिबार  सम्पन्न भएको तेह्रौ  अधिवेशनबाट शालिकग्राम कोइराला अध्यक्षमा निर्वाचित भएका हुन् । 

समितिको उपाध्यक्षमा नरहरी निरौला, महिला उपाध्यक्षमा सुनिता निरौला, सचिव सुरेशकुमार ढुङगेल, सह–सचिव ममता कोइराला, कोषाध्यक्ष पुरुषोतम पौडेल निर्वाचित भएका छन् । यसैगरी सदस्यहरुमा अनिल दाहाल,  विप्लव चौलागाईँ, रेवतीराम रोक्का, वविता राई, शिवशंकर मेहता, हरि सुवेदी, प्राणनाथ दाहाल, मनोज ढकाल, खुमा अधिकारी, चन्द्रकला सापकोटा, सुनिता पौडेल, अनिल गिरी, कृष्णप्रसाद भट्टराई  निर्वाचित भएका छन् । 

साथै लेखा आयोग संयोजक मा चन्द्रमणी लुईटेल एवम लेखा सदस्यमा तिर्थ गुरागाईं , श्याम तिम्सिना रहेका छन । केन्द्रिय प्रतिनिधीमा  रमेश खतिवडा, मोहनलाल मेहता, यामनाथ बराल, राजु पोखरेल, मुना दाहाल, रोहित पौडेल र प्रदेश प्रतिनिधिमा हरिप्रसाद सुवेदी, जानकीप्रसाद अधिकारी, सरणकुमार गजमेर, सुधिरा न्यौपाने, नन्दकिशोर काफले, पशुपति घिमिरे, चुडामणी रिजाल, भानु गुरागाईँ, लुकनाथ पोखरेल, हेमसागर पोखरेल, जयप्रसाद काफ्ले निर्वाचित भएका छन् ।

नेपाल निजामति कर्मचारी संगठनका केन्द्रीय उप– महासचिव रामचन्द्र अधिकारी कार्यक्रमका प्रमुख अतिथि रहेका थिए भने नेपाल कर्मचारी संगठनका निवर्तमान महासचिव जीवन काफले, नेकपा एमाले जिल्ला कमिटी अध्यक्ष बावुराम कार्की लगायतका विशिष्ट अतिथिहरूले कार्यक्रमको सफलताको शुभकामना दिएका थिए । विधानअनुसार समितिको अवधि तीनवर्षे हुनेछ ।