झापा ।
प्रेस सेन्टर नेपाल कोशी प्रदेशको नयाँ नेतृत्व चयन भएको छ । शुक्रवार बिराटनगरमा भएको सेन्टरको तेस्रो अधिवेशनबाट अध्यक्षमा राजन राईलाई निर्बिरोध निर्वाचित भएका छन् ।

खुल्ला उपाध्यक्षमा सुजन तिमिल्सिना, महिला उपाध्यक्षमा सुजता लिम्बु, समावेशी उपाध्यक्षमा सेसेहाङ लावती, महासचिवमा गोकुल पराजुली, खुल्ला सचिवमा इश्वर थापा, जनजाति सचिवमा डिकेश लामा, महिला सचिवमा विनु तिम्सिना, मधेशी सचिवमा सत्यनारायण शर्मा, दलित सचिवमा राकेश नेपाली, कोषाध्यक्षमा झुलन रेग्मी निर्विरोध निर्वाचित भएका छन् ।
यसैगरी महिला सदस्यमा मनिता राइ, अनिता रसाइली, दलित सदस्य मोतिराम रसाइली, मधेशी सदस्यमा पवनकुमार साह, अल्पसख्यक सदस्यमा बाबुराम मुडियारी, खुल्ला सदस्यमा प्रविण बाँनिया, भीमकुमार चेम्जोङ, आइपी भट्टराई, नविन सुनाम, हरि अधिकारी र दीपक अधिकारी निर्विरोध चयन भएका छन् ।