लक्ष्मीपुर । 

चुडाल बन्धु कल्याण केन्द्रीय समितिको १७ औं बार्षीक साधारणसभाको अबसरमा सञ्चारकर्मी चुडामणी तिम्सिना (सिएम शर्मा) सहित ८ जना सम्मानित भएका छन् ।

चुडाल बन्धु कल्याण केन्द्रीय समितिको सभाहल कनकाई नगरपालिका ८ लक्ष्मीपुरमा आयोजित संस्थाको १७ औं बार्षिक साधारणसभाको अवसरमा झापाको कनकाई नगरपालिका ४ सुरुङ्गामा रहेर दुई दशक अघिदेखि पत्रकारिता क्षेत्रमा क्रियाशिल ठोस खबरका संचालक÷सम्पादक, नेपाल पत्रकार महासंघका सदस्य, प्रेस सेन्टर नेपाल कोशि प्रदेश सदस्य , कनकाई सुरुङ्गा प्रेस क्लबका उपाध्यक्ष साथै  विभिन्न संघ संस्थामा आवद्ध रहेर पत्रकारीताको क्षेत्रबाट सामाजका विकृति विसंगति विरुद्ध आवाज उठाउदै असल समाज रुपान्तरणमा तिम्सिनाले खेलेको भुमिकाको मुल्यांकन गर्दै चुडाल बन्धु कल्याण समितिका संस्थापक अध्यक्ष भद्रप्रसाद चुडालबाट आफ्ना बुबा आमा र श्रीमतीको नाममा संस्थामा स्थापना गरिदिएका विष्णुलक्ष्मी हिमादेवि अक्षयकोषबाट संस्थाले तिम्सिनालाई सम्मान गरेको हो । 

त्यसैगरी संस्थाको विष्णुलक्ष्मी हिमादेवि अक्षयकोषबाटै संस्थाको आमाबुबा कोषका अध्यक्ष कृष्णप्रसाद चुडाललाई उहाले कोषमा पुर्याका योगदानको कदर गर्दै सम्मान गरिएको छ । त्यस्तै सोहि कोषबाट संस्थाका उपाध्यक्ष तथा दशरथ स्मृति कोषका अध्यक्ष प्रेम प्रसाद चुडाल (प्रकाश) लाई उहाले बन्धुत्वमा दिएको योगदानको कदर गर्दै सम्मान गरिएको थियो । विष्णुलक्ष्मी हिमादेवि अक्षयकोषबाटै शिक्षक शान्तादेवी चुडाल खरेललाई सम्मान गरिएको छ ।

त्यसै गरि कार्यक्रममा चुडाल बन्धु कल्याण समितिबाट पत्रकार तथा साहित्यकार धरान उपमहानगर १८ निवासि  भवानिप्रसाद चुडाल, श्रीप्रसाद जसोदा स्मृति कोषवाट मनमाया चुडाल, जन्मजय धनमाया स्मृति कोषबाट लोकनाथ चुडाल र भक्तमाया स्मृति छात्रवृति बाट बन्धु परिवारबाट एसईईमा उत्कृष्ट अंक ल्याउने छात्रा जेभिसा चुडाललाई सम्मान गरिएको छ । 

सम्मानितहरु लाई कार्यक्रमका प्रमुख अतिथि संस्थाका संस्थापक अध्यक्ष भद्रप्रसाद चुडाल, कार्यक्रमका अध्यक्ष गोपाल चुडाल, अक्षयकोष दाता साथै अतिथिहरुले सम्मानपत्र, मायाको चीनो साथै नगद  प्रदान गर्दै सम्मान गरेका थिए । संंस्थाका अध्यक्ष गोपाल चुडालको अध्यक्षतामा भएको कार्यक्रममा अध्यक्ष चुडालले संस्थाले यस अघि गरेका कामहरु, संस्थामा बन्धुहरुले पुर्याउनु भएको सहयोग साथै संथाका विभिन्न गतिविधि र भावि योजना समेत समेटिएको संस्थाको बार्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए । 

त्यस्तै आमाबुवा कोषको प्रतिवेदन प्रस्तुत गर्दै कोषका अध्यक्ष कृष्णप्रसाद चुडालले २०६८ सालदेखी संचालनमा आएको आमाबुबा कोषमा २०८१ पुसमसान्त सम्ममा १०४ कोषदाता हरुबाट २८ लाख ३३ हजार ६६७ जम्मा भएको र सो कोषको ब्याजबाट मातापितालाई सम्मान गरिनुका साथै क्यालेन्डर प्रकाशन गरिदै आएको बताए। उक्त दुबै प्रतिवेदन बन्द सत्रकमा ब्यापक छलफल पछि पारित भएको संस्थाका उपाध्यक्ष प्रेमप्रसाद चुडालले जानकारी दिए।

कार्यक्रममा शुभकामना मन्तव्य राख्दै लम्जुङ्बाट आएका कार्यक्रमका बिषिष्ठ अतिथि चिलवाल बन्धुका केन्द्रीय अध्यक्ष फडेन्द्र चिलवालले हाल सम्मको अध्ययन अनुसन्धानका क्रममा चुडाल र चिलवालहरुको ईतिहास जोडिएको देखिएको हुँदा यस बिषयमा थप अध्ययन अनुसन्धान गरी निचोडमा पुग्नु पर्नेमा जोड दिए।

कार्यक्रममा अतिथिहरु कनकाई वडा नं ८ का वडाध्यक्ष लिलाबहादुर कटुवाल, संग्रौला बन्धु सेवा समन्वय समितिका केन्द्रीय महासचिव युवराज संग्रौला, पराजुलि सेवा समाजका केन्द्रीय उपाध्यक्ष दुर्गा पराजुली लगायतले शुभकामना मन्तव्य राख्दै चुडाल बन्धुले बन्धु समाजमा गरेका कार्यहरु हेरेर अरुले पनि त्यसको अनुसरण गर्न सकिने वताए। उनीहरुले चुडाल बन्धुको एकता र संस्थाको कार्यलय परिसको व्यवस्थापन लाई इंगित गर्दै चुडाल बन्धु कल्याण समिति , बन्धु समाजहरुको लागी अध्ययन केन्द्र हुनसक्ने पनि वताए।

कार्यक्रममा चिलवाल बन्धुका केन्द्रीय उपाध्यक्ष राजिव चिलवाल, पाठक बन्धु प्रतिष्ठानका केन्द्रीय महासचिव सोम पाठक, सिग्देल बन्धुका प्रदेश सचिव गोपाल सिग्देल, सेडाई बन्धुका संस्थापक अध्यक्ष हरि सेडाई साथै चुडाल बन्धुका अग्रजहरुको आतिथ्य रहेको थियो भने चुडाल बन्धुहरुको उल्लेख्य उपस्थित रहेको थियो । 

कार्यक्रममा उपस्थित सबैलाई स्वागत संस्थाका बरिस्ठ उपाध्यक्ष श्रीप्रसाद चुडालले गरेको कार्यक्रमको संचालन महासचिव भरतमणि चुडालले गरेका थिए ।