झापा । 

भारतको महाराष्ट्रको जलगाउँ रेल दुर्घटनामा मृत्यु हुनेको संख्या १३ पुगेको छ। मृत्यु हुनेमा चार नेपाली नागरिक पनि रहेका छन् । लखनऊ(मुम्बई पुष्पक एक्सप्रेस ट्रेनमा आगलागीको अफवाह पछि यात्रुहरू बीच त्रास फैलाएपछि मानिसहरूको मृत्यु भएको बताईएको छ।

उनीहरुमध्ये धेरैले हाम फालेको  र अर्को आउँदै गरेको ट्रेनले किचेर मृत्यु भएको जनाएको छ। मृत्यु हुनेमा नेपालीहरु लछिराम पासी, इम्तियाज अली, बाबु खान र हिमु विश्वकर्मा रहेको भारतीय मिडियाहरुले जनाएका छन् ।

मृतक १३ जनामध्ये सात जनाको सनाखत भएको छ भने छ जनाको बारेमा कुनै जानकारी नभएको महाराष्ट्र सरकारले जनाएको छ। मृत्यु हुनेमा चार जना महिला रहेका छन् ।

दुर्घटनापछि रेल मन्त्रालयले मृतकका परिवारलाई जनही १।५ लाख रुपैयाँ, गम्भीर घाइतेलाई ५० हजार रुपैयाँ र सामान्य घाइतेलाई ५ हजार रुपैयाँ दिने घोषणा गरेको छ । प्रधानमन्त्री नरेन्द्र मोदीले पनि पीडित परिवारप्रति समवेदना व्यक्त गरेका छन् ।