बिर्तामोड ।
झापाको बिर्तामोडमा आयोजना हुन लागेको ‘बिर्तामोड अन्तराष्ट्रि औद्योगिक व्यापार महोत्सव २०८१ को तयारी पूरा भएको छ ।बिर्तामोड उद्योग बाणिज्य संघको आयोजनामा माघ ८ देखि १९ गतेसम्म हुने ब्यापार महोत्सवको सम्पूर्ण तयारी पूरा भएको आज (सोमवार) महोत्स स्थलमै पत्रकार सम्मेलनको आयोजना गरी जानकारी गराइएको हो ।
पूर्वी नेपालमा व्यापार, कृषि, उद्ययमशीलता, पर्यटन र स्वरोजगारको क्षेत्रमा परिचित बिर्तामोड बर्तामोड अन्तराष्ट्रि औद्योगिक व्यापार महोत्सवको तयारी पूरा भएको छ । संघ आयोजक रहेको महोत्सवको मुख्य प्रायोजक एपोलो पेन्ट्स रहेको छ । उद्योग व्यापारको प्रर्वधनका लागि आयोजित यो महोत्सवको भोली अर्थात माघ ८ गते कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले गर्ने संघका अध्यक्ष राजु न्यौपानेले बताए ।
बिर्तामोड–५ स्थित धर्मकाँटा रोडमा आयोजना गर्न लागिएको महोत्सवमा नेपालकै सबैभन्दा ठूलो ह्याङ्गरको प्रयोग गरिएको छ । महोत्सवमा १५० वटा स्टलहरु रहनेछन् भने व्यवसायीहरुले देश विदेशका विभिन्न स्थानमा उत्पादित सामग्रीहरुको भण्डारण, वितरण र निर्यातको काम गरिरहेका छन् । अलैंची, अदुवा, कुचो, सुपारी, मसला जस्ता नेपाली कृषिजन्य वस्तुको केन्द्रीय बजार बिर्तामोडमा आयोजना गरिएको यो महोत्सवले कृषि उद्यम र कृषि व्यापारलाई थप प्रर्वधन गर्ने आयोजकको अपेक्षा रहेको अध्यक्ष न्पौपानेले जानकारी गराए ।
महोत्सवले व्यवसायीमार्फत कृषि उत्पादनको प्रशोधनदेखि तयारी बस्तु उत्पादन गरेर रोजगार सृजना गराउन थप बल प्रदान गर्ने संघको विश्वास छ । त्यस बाहेक मित्रराष्ट्र भारत, भुटान, बंगलादेश, पाकिस्तानसहित सार्क मुलुकका उत्पादन पनि सो महोत्सवमा रहने अध्यक्ष न्यौपानले बताए ।
महोत्सवमा ज्येष्ठ नागरिक, अपाङ्गता भएका नागरिर्कलाई परिचय पत्रका आधारमा निःशुल्क प्रवेशको व्यवस्था गरिएको छ भने विद्यालय पोशाकमा महोत्सव अवलोकन गर्न आउने विद्यार्थीलाई पनि शिक्षकको रोहवरमा प्रवेश निःशुल्क गरिएको पत्रकार सम्मेलनमा अध्यक्ष न्यौपानेल जानकारी दिए ।
महोत्सवमा राष्ट्रिय स्तरका ख्याति प्राप्त कलाकारहरुको साङ्गीतिक प्रस्तुति रहनेछ भने विभिन्न जात जातिका कला संस्कृतिहरुलाई समेत समेटिने छ । महोत्सव अवधिभर दुई लाख भन्दा बढी अबलोकन कर्ताले व्यापार महोत्सवको अवलोकन गर्ने आयोजक संस्थाले अपेक्षा गरेको छ । महोत्सवलाई व्यवस्थित बनाउने उद्देश्यका साथ विभिन्न स्थानमा सीसी क्यामेराको जडान, स्थानीय प्रशासनसँगको समन्वयमा नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनासँग समेत आवश्यक सहयोग लिएको, थप उल्लासमय बनाउन बालबालिकाहरुलाई लक्षित गरी मनोरञ्जन पूर्ण खेलहरु समेतको व्यवस्थापन गरेको महासचिव कुशल खतिवडाले बताए ।
महोत्सवको उद्घाटन दर्जनभन्दा बढी विभिन्न जातिका भेषभूषा, बाजागाजा, सामाजिक संघ संस्था, उद्योगी व्यवसायी र सुवेक्षुकहरुको उपस्थितिमा संघको कार्यालयबाट नगर परिक्रमा गरिनेछ । पत्रकार सम्मेलनमा स्वागत उपाध्यक्ष गोमा भट्टराईले गरेकी थिइन् ।
पत्रकार सम्मेलनमा धार्मिक तथा सामाजिक ब्यक्तित्व शेरबहादुर थापा, महोत्सवका ब्यवस्थापक ललीत सिम्खडा, संघका पदाधिकारी तथा सदस्यलगायतको उपपस्थिति रहेको थियो । संघका बरिष्ठ उपाध्यक्ष विशाल थापाको संयोजकमा महोत्सवको आयोजना गरिएको छ ।