झापा ।
७६ वटा म्यानपावर कम्पनीले पुस महिनामा एक सय र सो भन्दा बढी नेपाली कामदार वैदेशिक रोजगारीमा पठाएका छन् ।
पुस महिनामा सवै भन्दा धेरै कामदार पठाउने म्यानपावर कम्पनीमा नीलकमल ह्युमन रिसोर्स प्रालि रहेको बैदेशिक रोजगार बिभागको तथ्याङ्कले देखाएको छ ।
नीलकमलले पुस महिनामा ८१४ जना कामदार पठाएर कामदार पठाउने म्यानपावर कम्पनीहरूको शीर्ष स्थानमा रहेको छ ।
७६२ जना कामदार पठाएको एसओएस म्यानपावर सर्भिस प्रालि दोस्रो र ७०१ कामदार पठाएको प्याराडाइज इन्टरनेसनल प्रालि शीर्ष स्थानको सूचीको तेस्रो नम्बरमा छन् ।