- बिमल भारती
कतार ।
कोच राजबंशी दाजुभाई तथा दिदीबहिनीहरुको उपस्थितिमा राजबंशी समुदायको राष्ट्रिय पर्वका रुपमा रहेका भाक्का दिवस मनाइएको छ । बिदेशमा रहेर पनि आफ्नो धर्म संस्कृतिको जर्गेना गर्ने उदेश्यले कोच प्रवासी समाज दोहा कतारको आयोजनामा गत शुक्रवार दोहा कतारमा पनि आठौँ राष्ट्रिय भाक्का दिवस २०८१ मनाइएको हो । राजबंशीहरुले पहिलो पटक कतार दोहामा राष्ट्रिय भक्का मनाएका हुन् ।
कोच प्रवासी समाज कतारका अध्यक्ष भुवन राजबंशीको अध्यक्षतामा भएको कार्यक्रममा प्रवासी नेपाली मञ्च कतारका अध्यक्ष चुडामण्ाि कार्कीको प्रमुख आतिथ्य रहेको थियो । कार्यक्रममा विशिष्ठ अतिथि समाजका प्रमुख संरक्षक तथा झापाली समाज कतारका कार्यबाहक अध्यक्ष चानीलाल राजबंशीको रहेको थियो भने बिशेष अतिथि समाजका प्रमुख सल्लाहकार सुनिल राजबंशी, बिशेष अतिथि सामाजिक अभियन्ता सागर नेपाल, समाजसेवी तथा झापा एफसीका अध्यक्ष अर्पण खड्का, समाजसेवी प्रभात त्रिपाठी, अर्जुनधारा सेवा समाज कतारका पूर्व अध्यक्ष गणेशप्रसाद दुलाल, भागडुब्बा प्रवासी समाज कतारका संरक्षक लोक थापा, सामाजिक अभियन्ता बिमल भारतीलगायतका आतिथ्य रहेको थियो ।
कार्यक्रममा उपस्थित प्रमुख अतिथि, बिशिष्ठ अतिथि, बिशेष अतिथि, अतिथिहरुले राजबंशी समुदायका विभिन्न परिकारसहित भाक्काको स्वादमा लिएका थिए । कार्यक्रम संस्थाका उपाध्यक्ष लोकनाथ राजबंशीले उपस्थित सबैलाई स्वागत गरेका थिए ।
स्वागत नृत्य कलाकार बिनिता राजबंशी र संस्थाका संरक्षक चानीलाल राजबंशीले नेपालका भुमिपुत्र राजबंशी जातीहरु पूर्व झापा, मोरङ, सुनसरी र केही उदयपुर जिल्लामा बसोबास रहेको र यो पर्वलाई नेपालको संविधान २०७४ सालबाट राष्ट्रिय पर्वको रुपमा सुचिकृत गरिएको जानकारी दिए । उनले उक्त पर्व आठौँ बर्षमा प्रवेश गरेको र यसलाई प्रत्येक बर्ष पौष २९ गते राष्ट्रिय भाक्का दिवस मनाउने चलन रहेको राजबंशीले जानकारी दिए ।
कार्यक्रममा राजवंशी समुदायका भेषभुषामा सजिएर आएका कलाकारहरुले आफ्नो मौलिक परम्पराको नृत्य रहेको थियो । कार्यक्रममा किरण राजबंशी, बिनिता राजबंशी र अन्य राजबंशी कलाकारहरुको बिजोड नृत्यसहित गायक लोकनाथ राजबंशी, धने राजबंशी र सुरेश राजबंशीले सुमधुर राजबंशी र नेपाली गीतमा उपस्थित दर्शकहरु लाई मनोरन्जनसँगै नचाएका थिए । साथै हास्य कलाकार यमलाल राजबंशी र टेक बहादुर राजबंशीले दर्शक मनोरन्जन गराएका थिए ।
कार्यक्रममा गणेशप्रसाद दुलाल, लोक थापा, अर्पण खड्का, सागर नेपाल र प्रभात त्रिपाठीले शुभकामना मन्तव्य राखेका थिए । कार्यक्रमा सामाजिक अभियन्ता सागर नेपालले भाक्का दिवसको शुभकामना दिदै राजबंशी समुदायको भक्का कस्तो हुन्छ भनेर आफुलाई जान्न र बुझ्न अनि भक्का कस्तो हुन्छ भनेर हेर्न मन लागेको र खादा नौलो अनि स्वस्थ परिकार रहेको चर्चा गरेका थिए ।
समाजसेवी प्रभात त्रिपाठीले आफु कास्की जिल्लाको भएको र यस्तो कार्यक्रममा राजबंशी परिकारहरु पहिलो चोटी अनुभव भएको बताएका थिए । आगामी दिनमा सकेको सहयोग गर्ने प्रतिबद्धताका साथ कार्यक्रम भव्य सफलताको शुभकामान दिएका थिए ।
कार्यक्रमका प्रमुख अतिथि प्रवासी नेपाली मञ्च कतारका अध्यक्ष चुडामणीले २७ बर्षपछि यस्तो कार्यक्रममा उपस्थित भएको बताए । उनले एकदमै खुशी लागेको र भक्का सानैदेखि खाएको हुनाले आज फेरी दोहामा पनि भाक्का दिवस कार्यक्रममा आउन पाउँदा र भाक्का खादा पहिलाको याद आएको र भारतको गोवा र ईन्डोनेसियामा रहेको वाली मन्दिर वरपर पनि आफुले यस्तै भेषभुषामा रहेर मनाएको स्मरण गरेका थिए । उनले आगामी दिनमा यस्ता कार्यक्रमहरु अन्य समुदायलाई पनि जोडर कार्यक्रम गर्न सकेको खण्डमा राजबंशी समुदायको यो पर्व अझ व्यापक र भाक्काको बारेमा सबैलाई जानकारी हुने बताए ।
कार्यक्रको सहजीकरण हरि राजबंशीले गरेका थिए । उपस्थित राजबंशी दाजुभाई तथा दिदीबहिनीहरुलाई र प्रमुख अतिथि, बिशेष अतिथिहरुलाई कार्यक्रमा सभापति तथा कोच प्रवासी समाज दोहा कतारका अध्यक्षले धन्यबाद ज्ञापन गरेका थिए ।