बिर्तामोड ।
सोफा हवले झापाको बिर्तामोडमा पनि सेवा बिस्तार गरेको छ । बिर्तामोड–४ स्थित भद्रपुर रोड आठौं शाखाका रुपमा सञ्चालनमा आएको सोफा हवको उद्घाटन नागरिक बचाउ महाअभियानका संयोजक तथा मेडिकल ब्यवसायी दुर्गा प्रसाईले गरेका हुन् ।
कार्यक्रमका प्रमुख अतिथिसमेत रहेका प्रसाईले नेपालमा स्वदेशी उत्पादनलाई जोड दिदै युवालाई स्वदेशमै रोजगारी सिर्जना गर्नु पर्ने बताउँदै आएका छन् । सोफा हवले स्थानीय उत्पादनलाई प्रवद्र्धन गर्दै रोजगारी सिर्जना गरेको भन्दै उनले प्रशंसा समेत गरेका छन् । उनले उद्योगहरूको विकासले देशको आर्थिक समृद्धिमा टेवा पुग्ने र बिदेश जाने यवालाई स्वदेशी उत्पादनमा प्रोत्साहन गर्ने बताए ।
तीन तल्ले सोरुममा उच्च गुणस्तरका फर्निचर तथा सोफाहरु प्रदर्शनमा राखिएका छन् । सोझा हबमा न्यूनतम १० हजार रुपैयाँदेखि अधिकतम एक लाख रुपैयाँसम्मका सोफा उपलब्ध रहेको सञ्चालक मध्येका मोहन दनै शर्माले जानकारी दिए ।
उनका अनुसार कम्पनीले १० वर्षको वारेन्टी, ५० किलोमिटरभित्र निःशुल्क डेलिभरी, र पुरानो सोफाको सट्टापट्टा सुविधा जस्तासेवा प्रदान गर्दै आएको छ । सोझा हबको काठमाडौंमा तीन स्थान, चितवनमा दुई स्थान, पोखरा, नेपालगञ्जसहित अव बिर्तामोडबाट सेवा प्रदान गर्ने उदेश्यले आठौं शाखा सञ्चालनमा ल्याएको सञ्चालक तथा सोफा हबका प्रवन्धक तारालाल धरेलले जानकारी दिए ।
सोफा हवले आफ्नै उत्पादन शालाबाट उत्पादन गरिएका सोझासहित दराज, टेवललगायतका अर्डर अनुसारका सम्पूर्ण फर्निचर सम्बन्धी सामाग्री प्रदान गर्ने उनले बताए । बिर्तामोडमा सञ्चालनमा आएको शाखाले अरुसँग प्रतिस्पर्धा नगर्ने बताउँदै ग्राहकको मागलाई ध्यानमा राखेर शाखा सञ्चालनमा ल्याएकोसमेत उनले बताए । सोफा हवले एक ६८ जनालाई प्रत्यक्ष र एकहजार वढीलाई अप्रत्यक्ष रोजगारी प्रदान गरेको बताइएको छ ।