शनिश्चरे । 

लामिछाने बन्धु समाज नेपाल, झापा जिल्ला अर्जुनधारा नगरपालिकाको प्रथम नगर अधिवेशन सम्पन्न भएको छ । शनिवार सम्पन्न अधिवेशनले टंक लामिछानेको अध्यक्षतामा ९ सदस्यीय नगर समिति सर्वसम्मत चयन गरेको छ ।

समितिको उपाध्यक्षमा गंगाप्रसाद लामिछाने, सचिव कृष्णप्रसाद लामिछाने, सहसचिव गोविन्द लामिछाने, कोषाध्यक्ष पवित्रा लामिछाने र सदस्यहरुमा बालकृष्ण लामिछाने, खगेन्द्र लामिछाने, विनोद लामिछाने, कृष्णप्रसाद लामिछाने सर्वसम्मत चयन भएका छन् । अधिवेशनले ३ सदस्य सल्लाहकार समिति समेत चयन गरेको छ । जसमा संयोजक गोपालकृष्ण लामिछाने र सदस्य रुद्र लामिछाने र सुमन लामिछाने रहेका छन् ।

अधिवेशनमा प्रमुख अतिथि बन्धु समाजका केन्द्रीय सदस्य एनपी लामिछानेले बन्धु समाजको विधानमा प्रदेश र पालिकाको संरचनाको परिकल्पना नगरेकाले विधान संसोधन गर्नुपर्ने आवश्यकता रहेको बताए । उनले बन्धुहरु जोड्ने कार्यलाई जिल्लाको सापेक्षतामा संगठनात्मक संरचनालाई लान आवश्यक देखिएको बताए ।

लामिछाने बन्धु समाज जिल्ला समितिका सचिव विमल लामिछानेले सहजिकरण गरिएको अधिवेशनमा विर्तामोड अर्जुनधारा संयुक्त संयोजन समितिका संयोजक गोपालकृष्ण लामिछानेको सभापतित्वमा भएको थियो ।

कार्यक्रममा अतिथिहरु जिल्ला अध्यक्ष टीका प्रसाद लामिछाने, वरिष्ट उपाध्यक्ष पूर्णदेव लामिछाने, उपाध्यक्ष धनश्याम लामिछाने, केन्द्रीय प्रतिनिधि तथा बंशावली तयारी समितिका संयोजक युद्धप्रसाद लामिछाने, पूर्व जिल्ला सचिवद्वय पदमसुन्दर लामिछाने, गोपाल लामिछाने, जिल्ला सदस्यहरु योगप्रसाद लामिछाने, लोकनाथ लामिछाने लगायतले अधिवेशन सफलताको शुभकामना मन्तब्य राखेका थिए भने स्वागत मन्तव्य शेखर लामिछानेले राखेका थिए ।नवगठित समितिका संयोजक टंक लामिछाने र सहसचिव गोविन्द लामिछानेले प्रतिबद्धता मन्तब्य राख्दै विभिन्न विधामा दख्खल राख्ने नव श्रृजनाहरुको संरक्षण र प्रशंसा गर्नपनि जिल्ला समितले योजना बनाएर अघि बढ्नुपर्ने सुझाव राखेका थिए ।

अधिबेशनको बन्दसत्र सम्पन्न गर्न जिल्ला अध्यक्ष टिका लामिछाने संयोजक, सचिव विमल लामिछाने र केन्द्रीय प्रतिनिधी युद्धप्रसाद लामिछाने सदस्य रहेको निर्वाचन समिति गठन गरिएको थियो ।