झापा ।
झापाको काँकरभिट्टाबाट पाँच लाख ७३ हजार ५५० रुपैयाँ मूल्य बराबरको सामान प्रहरीले नियन्त्रणमा लिएको छ । गएराति ९ बजेको समयमा जिल्ला प्रहरी कार्यालय झापा र इलाका प्रहरी कार्यालय काँकरभिट्टाबाट खटिएको संयुक्त प्रहरी टोलीले भारतबाट नेपालतर्फ भन्सार छलेर ल्याइदै गरेको बिभिन्न सामाग्री नियन्त्रण गरेको हो ।
मेचीनगर नगरपालिका–६ स्थित हनुमान मन्दिर हुँदै भारतबाट नेपालतर्फ भन्सार छलेर लुकाई छिपाई ल्याउँदै गरेको बिभिन्न सामाग्री नियन्त्रणमा लिएको जनाएको छ ।
प्रहरीका अनुसार धोती कपडा–८ पिस, लेडिज ब्लाउज–१० पिस, पेटिकोट–८ पिस, भेष्ट–२० पिस, थानको कपडा–१५ मिटर, लेह्ङगा–२ पिस, डिनर प्लेट–१२ थान, धाराको टुटी–३९ पिस, गाडीको पार्टस पुर्जा र अन्य बिभिन्न किसिमका किराना सामानहरु बेवारिसे अवस्थामा फेला पारी बरामद गरेको हो ।
बरामद गरेका उक्त सामाग्रीहरु आवश्यक कारवाहीको लागि मेची भन्सार कार्यालय काँकरभिट्टा बुझाउने तयारी भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।