झापा ।
वैदेशिक रोजगारीका लागि रोमानिया, जापान र अमेरिका पठाइदिने बहानामा ठगी गरेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ ।
दाङको तुलसीपुर उपमहानगरपालिका–६ घर भई हाल काठमाडौंको बालाजु बस्ने रमेश चौधरीले जापान पठाइदिने भन्दै १३ लाख ३२ हजार ५०० रुपैयाँ ठगी गरेर बेपत्ता भएको उजुरीका आधारमा प्रहरीले पक्राउ गरेको जनाएको छ ।
यसैगरी वैदेशिक रोजगारीका लागि रोमानिया पठाइदिने भन्दै ६ लाख ३० हजार लिएको उजुरीका आधारमा प्रहरीले महोत्तरी सोनाम गाउँपालिकाकी सरिताकुमारी यादव र अमेरिका पठाइदिने प्रलोभनमा पारेर ४२ लाख लिएको उजुरीका आधारमा सुनसरी धरानकी चन्द्रकला रदाखु राईलाई पनि पक्राउ गरेको जनाएको छ ।