बिर्तामोड ।
नेपाल दशनामी समाज बिर्तामोड नगर समितिले २०८१ को तिहारको अवसर पारेर बन्धुहरुको घरमा खेलेको देउसीभैलोको आय व्यय सार्वजनिक गरेको छ ।
समाजका बिर्तामोड नगर अध्यक्ष खड्गराज गिरीको अध्यक्षता तथा नगर सल्लाहकार बालकृष्ण गिरीको प्रमुख आतिथ्यमा बिहीवार बिर्तामोडमा बसेको समाजको बैंठकले संकलित रकम र खर्च अनुमोदनसँगै आय व्यय सार्वजनिक गरेको हो ।
नगरका गरिव, बिपन्न र अति बिपन्न दशनामी बन्धुहरुलाई संगठित रुपमा साथ र सहयोग गर्ने उदेश्यले नगर समितिले देउसीभैलोको माध्यमबाट संकलित रकम प्रयोग गर्दै आएको छ । नगर समितिले यस अघि नगरका दुई जना बिरामी बन्धुहरुलाई आर्थिक सहयोगसमेत गरेको थियो ।
गत तिहारमा नगर समितिले एक लाख ५२ हजार ६५० रुपैयाँ संकलन मध्ये एकलाख २४ हजार ८५० रुपैयाँ संकलन भएको र २७ हजार ८०० रुपैयाँ संकलन हुन बाँकि रहको देउसीभैलो कार्यक्रमका संयोजक तथा नगर बरिष्ठ उपाध्यक्ष खेमराज गिरीले जानकारी गराएका थिए । उक्त उठन बाँकि रकम नगर समितिले उठाउन पहल गरिने समेत उनले बताए । सोही कार्यक्रमकाबिच आयव्यय अनुमोदनसहित नगर कोषाध्यक्ष बिदुर गिरीलाई रकम हस्तान्तरणसमेत गरिएको थियो ।
स्वागत उपाध्यक्ष सम्झाना पुरी (गिरी) ले गरेको कार्यक्रममा नगरका पूर्व अध्यक्ष अर्जुन गिरी, प्रेस सल्लाहकार उद्धव पुरी, कोषाध्यक्ष बिदुर गिरी, नगर कार्य समिति सदस्य रणबहादुर गिरी, पद्मादेबी पुरी, बिश्नाथ बनलगायतको उपस्थित रहेको थियो । कार्यक्रमको सञ्चालन सचिव प्रजित पुरीले गरेका थिए । योसँगै वैठकले अन्य बिभिन्न निर्णयहरुसमेत गरेको छ ।