झापा ।
झापाको काँकरभिट्टाबाट मलद्धारमा प्रतिबन्धित लागू औषध लुकाएर ल्याउने एक जनालाई प्रहरीले पक्राउ गरेको छ । मेचीनगर–६ पुरानो मेचीपुलबाट बिहीवार ४ः३० बजेको समयमा भारतबाट नेपालतर्फ सिटि सफारीमा आउँदै गरेका पाँचथरको फिदिम नगरपालिका–१३ का ३० बर्षिय सनम राईलाई खैरो हेरोईन मलद्धारमा लुकाएर ल्याएको अवस्थामा प्रहरीले पक्राउ गरेको हो ।

लागुऔषध नियन्त्रण ब्यूरो काँकरभिट्टाबाट खटिएको प्रहरी टोलीले भारतबाट नेपाल तर्फ सिटि सफारीमा आउँदै गरेका राईलाई शंका लागी चेकजाँच गर्दा उनले मलद्धारमा लुकाई छिपाई ल्याउँदै गरेको अवस्थामा पक्राउ गरेको थियो ।
उनको साथबाट खैरो हेरोईन प्लाष्टिक बाहेक २ ग्राम ३६० मिलिग्राम फेला परेको प्रहरीले जनायो । उनलाई नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय काँकरभिट्टामा राखेर थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।