झापा ।  

झापा मेचीनगर–६–स्थित मेची पुलबाट प्रतिबन्धित लागूऔषध खैरो हेरोइनसहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । बिशेष सुचनाको आधारमा इलाका प्रहरी कार्यालय काँकरभिट्टा र लागूऔषध नियन्त्रण व्युरो काँकरभिट्टा झापाबाट खटिएको प्रहरीको संयुक्त टोलीले उनीहरुलाई पक्राउ गरिएको हो । 

पक्राउ पर्नेमा भारतको वेष्ट बंगाल दार्जिलिङ प्रान्त थाना दुलालज्वतका ३० बर्षिय एमडी भन्ने मोहम्मद अनवर हुसेन, भद्रपुर–३ नयाँ बस्तीकी ४५ बर्षिया सविता भन्ने दोमासी राजवंशी र अर्जुनधारा–८ का ३५ बर्षिय अर्जुन श्रेष्ठ रहेका छन् । उनीहरुका साथबाट खैरो हेरोइन जम्मा प्लाष्टिक बाहेक २०७ ग्राम ८५० मिलिग्राम फेला परेको थियो । 

उनीहरुको साथबाट प्रतिबन्धित लागु–औषध खैरो हेरोइन जम्मा प्लाष्टिक सहित २१९ ग्राम २४० मिलिग्राम र प्लाष्टिक बाहेक २०७ ग्राम ८५० मिलिग्राम र नगद २० हजार रुपैयाँ बरामद भएको प्रहरीले जनाएको छ । 

उक्त लागू औषधसहित नियन्त्रणमा लिएर इलाका प्रहरी कार्यालय काकरभिट्टामा राखी सो सम्बन्धमा थप अनुसन्धान  भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।