झापा । 

झापाको दमक नगरपालिका वडा नम्बर ६ स्थित सडक खण्डबाट प्रतिबन्धित औषधीसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा दमक नगरपालिका–२ का अन्दाजी २३ बर्षिय सुसन बन्जरा छन् । उनलाई बुधवार दिउँसो ४ बजे पक्राउ गरिएको थियो । 

इलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरी टोलीले बन्जरालाई शंका लागेर चेकजाच गर्दा उनको साथबाट Tramol-५० लेखिएको २० पत्तामा जम्मा २०० क्याप्सुल र SPASPAN–४ पत्तामा २०० ट्याब्लेट फेला परेको प्रहरीले जानकारी दिएको छ । 

उक्त प्रतिबन्धित औषधीहरुसहित उनलाई नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय दमकमा राखेर थप अनुसन्धान  भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।