झापा । 

साउदी अरेबियाले एक्जिट वा पुनः प्रवेश भिषा लिएका तर म्याद सकिनु अघि फर्कन नसकेका विदेशी कामदारमाथि लगाइएको ३ वर्षको प्रतिबन्ध खारेज गरेको छ । 

साउदी अरेबियाको राहदानी निर्देशनालयले विभिन्न विभाग, प्रवेश बिन्दु, एयरलाइन्स र ट्रान्जिट टर्मिनलहरूलाई प्रतिबन्ध उल्टाउँदै त्यस्ता कामदारहरूलाई प्रवेश गर्न अनुमति दिन सूचित गरेको छ ।

नयाँ निर्णय मंगलबारदेखि लागू भएको छ । एक्जिट÷पुनः प्रवेश भिषा लिएर साउदी अरेबिया छाडेर ३ वर्ष बितिसक्दा आफ्नो वैध अवधिभित्र नफर्केका आप्रवासीलाई पुनः प्रवेशमा रोक लगाउने प्रतिबन्ध हटाइएको साउदी राहदानी निर्देशनालयले जनाएको छ ।

विज्ञहरूले यो निर्णय साउदी अधिकारीहरूले श्रम र लगानीको वातावरणमा ल्याएका लगातार सुधारहरूको हिस्सा भएको बताएका छन् ।