साधुटार ।
झापाको शंकराचार्य पीठ साधुटारमा आजदेखि भविष्यकात्मक अतिरुद्र महायाग सुरु भएको छ। पूर्वमै पहिलोपटक यति ठूलो अनुष्ठान सुरु भएको शंकराचार्य पीठ साधुटारले जानकारी दिएको छ। भारतको दिल्लीस्थित केन्द्रीय संस्कृति विश्वविद्यालयका प्राध्यापक डाक्टर काशीनाथको शुभारम्भ गरेका हुन् ।
शंकराचार्य पीठका अध्यक्ष लक्ष्मीप्रसाद खतिवडाको सभापतित्वमा आयोजित अनुष्ठान शुभारम्भ गर्दै प्रमुख अतिथि डाक्टर न्यौपानेले यज्ञ अनुष्ठानको महत्वबारे प्रकाश पारे । १५१ आचार्यहरूको अगुवाइमा ११ दिनसम्म सञ्चालन हुने अतिरुद्र महायागमा डा. गुरुप्रसाद सुवेदी प्रमुख यज्ञचार्य रहेका छन् । यसैगरी भारत बनारसका हाकिम प्रसाद भण्डारी तथा विद्यालयका पूर्व प्राचार्य डिल्लीराम रिजाल सहयाज्ञाचार्य रहेको जानकारी दिइएको छ ।
नेपाल र भारतका विद्वान विदूषी साधुसन्तको उपस्थिति रहने उक्त अनुष्ठानको समुद्घाटन सत्रमा विवेकाश्रम चारपानेका अध्यक्ष आचार्य किशोर कुमार गौतम साङ्गभद माभिका अध्यक्ष छन्दुराम भण्डारी पिटका संरक्षक केदारनाथ खतिवडा अर्जुनधारा वडा नम्बर १ का अध्यक्ष उपेन्द्र बस्नेत लगायतले शुभकामना मन्तव्य राखेका थिए ।
दुर्लभ अनुष्ठानका रूपमा मानिँदै आएको अतिरुद्र महायाग शुभारम्भ अघि कन्काई नदीबाट साधुटारसम्म कलश शोभा यात्रा आयोजना गरिएको शंकराचार्य पिठका वरिष्ठ उपाध्यक्ष शान्तिराम नेपालले जानकारी दिए। कलश शोभा यात्रामा सामाजिक तथा धार्मिक संघसंस्थामा संघसंस्थाका प्रतिनिधिहरूको सहभागिता रहेको थियो।
शंकराचार्यपीठ साधुटारको ४९ औँ स्थापना दिवस को सन्दर्भसमेत रहेको यज्ञ उद्घाटन अघि ४९ वटा दप प्रज्वलन गरिएको छ। शंकराचार्य पीठमा हाल वेदवेदाङ्ग पाठशाला सञ्चालनमा रहेको छ। गौशाला र मठमन्दिर समेत रहेको सातवटा झापाकै प्रमुख धार्मिक गन्तव्य स्थल पनि हो।