बिर्तामोड । 

झापा बिर्तामोड उद्योग वाणिज्य संघकी जनसम्पर्क उपाध्यक्ष हुन् गोमा भट्टराईले ‘व्यवसायी राहत कोष’ मा प्रदान गरेकी छन् ।  सफल महिला उद्यमीका रुपमा परिचित भट्टराईले आफ्नो जन्म दिनको अवसरमा संघको राहत कोषमा सो रकम जम्मा गरेकी हुन् । 

आफैंले स्थापना गरेको  व्यवसायी राहत कोषमा २१ हजार रुपैयाँ जम्मा गर्दै भट्टराईले जन्म दिन संघको कार्यालयमा मनाएकी हुन् । उनले संघका अध्यक्ष राजु न्यौपानेलाई २१ हजार एक सय ११ रुपैयाँ बरावरको चेक प्रदान गरिन् । योसँगै भट्टराईलाई संघले कदरपत्र द्वारा सम्मान गरेको छ । व्यवसायी राहत कोष वृद्धिमा सहयोग पु¥याएको भन्दै उनलाई कदरपत्रद्वारा सम्मान गरिएको हो ।

प्रगति पुस्तक भण्डार बिर्तामोडकी सञ्चालक उनी महिला उद्यमी संघ झापाकी संस्थापक हुन् भने, तारा नमस्ते बाल ग्रामकी कोषाध्यक्ष एवम् सहारा नेपाल साकोस अन्तरगत रहेको कृषि तथा वातावरण उपसमिति सदस्य हुन् ।

 उनी जनसम्पर्क उपाध्यक्ष रहेको राजु न्यौपाने नेतृत्वको बिर्तामोड उद्योग वाणिज्य संघले आफनै कार्यकालमा एक करोड रुपैयाँ बरावरको अक्षयकोष स्थापना गर्ने लक्ष्यसहित काम गरिरहेको छ । जुन कोषमा गोमाले समेत आफ्नो जन्म दिनको अवसरमा  रकम प्रदान गर्दै कोष वृद्धिमा सहयोग पु¥याएकी हुन् ।

त्योसो त बिर्तामोडका हरेक व्यवसायीले अहिले जन्म दिन सहितका विभिन्न अवसरमा गरिने फजुल खर्चलाई घटाउँदै कोष वृद्धिका लागि रकम प्रदान गर्दै आएका छन् । पछिल्लो समय भरत चौधरीले समेत २१ हजार रुपैयाँ कोषमा रकम थप गरेका थिए । उनले पनि आफ्नो जन्म दिनमा व्यवसायी राहत कोषमा रकम प्रदान गरेका हुन् ।