लक्ष्मीपुर ।
दहिझोडा सामुदायिक बन उपभोक्ता समुहको २८ औं बार्षिक साधारण सभा भएको छ भने १४ औं अधिवेशन शुरु भएको छ । झापाको अर्जुनधारा–४ मा रहेको समुहको आज (आइतवार) समुहको कार्यालय परिसरमा साधारणसभा भएको हो ।
समुहका अध्यक्ष टेकनाथ अधिकारी (महेन्द्र) को अध्यक्षतामा भएको कार्यक्रममा पूर्व बनराज्य मन्त्री वीरमणि ढकालको प्रमुख आतिथ्य रहेको थियो । तत्कालिन एक हजार १९४ हेक्टरमा फैलिएको बन समुह २०५२ भदौं ५ गते तदर्थ समितिका रुपमा गठन भएको अध्यक्ष महेन्द्रले प्रस्तुत गरेको प्रतिवेदनमा उल्लेख छ ।
अध्यक्ष महेन्द्रको प्रतिवेदन अनुसार अर्जुनधारा–४ बन क्षेत्र अन्तरगत पूर्व लक्ष्मी प्रावि, उत्तर बिरिङ्ग धार हुँदै जाने बाटो, पगला खोला गेट खोल्सी, पश्चिममा साघुरी चुरे डाँडा पानी ढल, पूर्व शिवपोखरी र सरस्वती बन समुह, उत्तरमा जुकेखाडी बन समुह र दक्षिणमा प्रजापति बन समुहको चारकिल्ला भित्रको ७४६.७० हेक्टर बन क्षेत्र दहिझोडा पर्दछ ।
उक्त बन समुहमा ‘क’ बर्गमा एक हजार ९ सय २१ घर धुरी रहेको र ती मध्ये ३० वटा टोल साथै ५ वटा क्षेत्रिय समिति, महिला समिति, महिला टोल समितिलगायत रहेको अध्यक्ष महेन्द्रले बताए ।
यस्तै दहिझोडा हरियाली महिला बचत तथा ऋण परिचालन समुह समिति साथै यसका पनि पनि क्षेत्र र टोल समिति रहेका प्रतिवेदनमा उल्लेख छ ।
बनको संरक्षण, सम्र्वद्धन र विकास गर्ने उदेश्यले समुहले बृक्षारोपण तथा गोलमेल, इन्भेँन्ट्री तथा वन कार्ययोजना निर्माण, भक्ष्य रोकथाम र तडबन्धनवन सम्बन्धी सचेतना, गरिवी न्यूनिकरण कार्यक्रमलगायतका गरिरहेको अध्यक्ष महेन्द्रले प्रतिवेदन प्रस्तुत गर्दै जानकारी दिए । उनले पुराना र राम्रा कार्यक्रमलाई निरन्तरता दिदै आगामी आर्थिक बर्ष २०८०/०८१ का बिभिन्न कार्ययोजनासमेत प्रस्तुत गरेका थिए ।
समुहको कार्य समितिले आर्थिक बर्ष २०८०/८१ मा ८३ लाख १७ हजार ८५५ रुपैयाँ आम्दानी गरेको लेखा समिति संयोजक इन्द्रमणि पौडेलले प्रस्तुत गरेको प्रतिवेदनमा छ ।
यसैगरी हस कट्टी बाहेक खर्च ८३ लाख ७० हजार ९७८ रुपैयाँ बैंक मौज्दात ९२ हजार ३०९रुपैयाँ ४५ पैसा र नगद १ लाख ४० हजार ९८५, दायित्व भुक्तिानी गर्नुपर्ने ७५ लाख ३८ हजार १५५ रुपैयाँ र दनयित्व भुक्तानी ६५ लाख ५० हजार २०४ रुपैयाँ रहेको लेखा संयोजक पौडेलको प्रतिवेदनमा छ ।
यसैगरी हरियाली समुहको आम्दानी १३ लाख १६ हजार ३०८ रुपैयाँ, खर्च ७ लाख २४ हजार ४१९ रुपैयाँ, शुद्ध बचत ५ लाख ९१ हजार ८८९ रुपैयाँ, निक्षेप संकलन १ करोड १८ लाख ३३ हजार ५९३ रुपैयाँ ३० पैसा, कर्जा लगानी १ करोड ४ लाख ३६ हजार ७२५ रुपैयाँ र दशिझोडा बन समुहबाट पाउनु पर्ने १९ लाख ७८ हजार ६६६ रुपैयाँ लेखा प्रतिवेदनमा उल्लेख छ ।
समुहका उपाध्यक्ष तुलाराम बस्नेतले स्वागत गरेको कार्यक्रमको सञ्चालन कार्यबहाक सचिव सिताराम पराजुलीले गरेका थिए । कार्यक्रममा प्रमुख अतिथि पूर्व बनराज्य मन्त्री ढकाल, अर्जुनधारा–४ का वडाध्यक्ष अम्बरबहादुर कटुवाल, अर्जुनधारा–५ का वडाध्यक्ष गीताराज खड्का (हरि), सामुदायिक बन उपभोक्ता समुहका नगर इन्चार्ज तुलसी खतिवडा, कनकाई सव डिभिजन अधिकृत सुरेश खनाल, नेपाली कांग्रेस अर्जुनधारा नगर समापति हेमराज खरेल, जुकेखाडी बन समुहका उपाध्यक्ष लक्ष्मीराम शर्मालगायतले शुभकामना मन्तव्य राखेका थिए ।
कार्यक्रममा बन समुह स्थापनाका बेला १६ डन्डे भनेर चिनिएका १६ जना बन हेरालुलाई सम्मान र ४ जना निबर्तमान कर्मचारीलाई नगदसहित सम्मान तथा बिदाई गरिएको कार्यालय सचिव युवराज खड्काले जानकारी दिए ।
साधारणसभामै निर्वाचन समिति गठन गरिने र निर्वाचन समितिले नयाँ नेतृत्व चयनका लागि निर्वाचन गराउने बताइएको छ ।