झापा । 

झापाको मेचीनगर–७ स्थित इटाभट्टा चोकबाट २ लाख ३९ हजार मूल्य बराबरको सामाग्री प्रहरीले नियन्त्रणमा लिएको छ । शनिवार अस्थाई प्रहरी पोष्ट ईटाभट्टाबाट खटिएको प्रहरी टोलीले भन्सार छलेर भारतबाट नेपाल ल्याउँदै गरेको बिभिन्न सामाग्री नियन्त्रण गरेको हो । 

भन्सार छलेर लुकाई छिपाई ल्याउँदैं गरेको चिनी ७० के.जि., चक्लेट ५१ प्याकेट, बिष्कुट १५ प्याकेट, सेतो तिल ५ के.जि., भाडा धुने साबुन १ काटुन, सख्खर ५ के.जि., कोक १० बोतल, लेज ३० वटा गरी जम्मा २ लाख ३९ हजार रुपैयाँ बरावरको सामानहरु नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । 

नियन्त्रण गरिएको उक्त सामान आवश्यक कारवाहीको लागि मेची भन्सार कार्यालय काँकरभिट्टा बुझाउने तयारी भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।