चन्द्रगढी ।
झापाको चन्द्रगढीस्थित खानेपानी उपभोक्ता तथा सरसफाइ समितिको २२ औं बार्षिक साधरण सभा सम्पन्न भएको छ ।शुक्रवार प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेको प्रमुख आतिथ्यमा सम्पन्न उक्त कार्यक्रममा खानेपानी उपभोक्ता तथा सरसफाइ समितिका अध्यक्ष पुरुषोत्तम अधिकारीले सस्थाको बार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए ।
सो साधरण सभालाई सम्बोधन गर्दै प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले स्वच्छ खानेपानी उपलब्ध गराउन समितिले राखेका समस्या समाधानका लागि आवश्यक पहल गर्ने प्रतिबद्धता ब्यक्त गरे।
कार्यक्रममा झापा जिल्ला डिभिजन खानेपानी कार्यालय प्रमुख बिकास काफ्ले र भद्रपुर नगरपालिकाका उप–प्रमुख राधा कार्कीले शुभकामना मन्तब्य राखेकी थिइन् ।कार्यक्रममा वर्ष उत्कृष्ट कर्मचारी नारायण निरौलालाई नगद पुरस्कारसहित सम्मान गरिएको थियो ।
समिति उपाध्यक्ष बाबुराम पराजुलीको स्वागत र सचिव बाबु राम कार्कीको सन्चालन रहेको कार्यक्रममा कोषाध्यक्ष खेमराज भट्टराईले आर्थिक प्रतिबेदन र लेखा संयोजक माधवप्रसाद घिमिरेले लेखा प्रतिबेदन प्रस्तुत गरेका थिए ।