अर्जुनधारा ।
प्रतिनिध सभाका सभामूख देवराज घिमिरेले अर्जुनधारा नगरपालिका भित्रको जग्गा सम्बन्धी समस्याको समाधानको लागि सबै जिम्मेवार रहेको बताउँदै सामाधानको लागि उचित पहल गर्ने बताएका छन् ।
आज (शुक्रवार) अर्जुनधारा नगरपालिकामा रहेको जग्गाको स्वामित्व सम्बन्धि समस्याहरुका सम्बन्धमा सभामुख घिमिरेको उपस्थितिमा सरोकारवालाहरुसँग अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै सभामुख घिमिरेले सबै क्षेत्रबाट सुझाव बटुलेकोले गहन अध्यान गरेर आफू सामाधनको लागि लागि पर्ने बताएका हुन् ।
उनले सभामुख भएर स्वतन्त्र र कुनै दलिय र पार्टीगत रुपले अफ्नो भुमिकाको जिम्मेवारी र व्यबहारमा रहेर आफू काम गर्ने बताउँदै उनले सबै कामहरुको लागि धेरै पहल भैरहेको केही सामाधान गरिसकेको केही समाधान हुने प्रक्रियामा रहेको बताएका छन् ।
नेपाली सेनाको जग्गा, ५१ बिघा जग्गाको बिषयमा गम्भीर रुपले लागि परिरहेको उनले बताए । धनीपुर्जा बितरण समाधानको बिषयमा विविध कारणले काम गर्न नसकेकोले त्यसलाई प्रथामिकताको रुपमा आफुले लागि परेर काम गर्ने उनले प्रतिबद्धतासमेत ब्यक्त गरे ।
मालपोतबाट भुमि सम्बन्धि ससस्याको बारे सम्बन्धित निकायलाई लेखिएको चिठिको जवाफ नआएको विषयमा सुस्म रुपले बुझेर अगाडि बढ्ने उनको भनाई थियो । उनले भुमी सुधार मन्त्रीले सामाधान लागि पत्र केही दिन भित्रै पठाउने प्रतिबद्धता ब्यक्त गरेको जानकारी जानकारी दिदै सभामुख घिमिरेले सेनाको जग्गा बिषयमा सभामुखले, सरकारको ध्यान पुगेकोले आयोगले अधिकांश काम गर्न पाउने अधिकार प्रदान गरी र चाँडै आयोग बनेर समाधान गर्ने उनले आश्वसन समेत दिएका छन् ।
मालपोत कार्यलय झापा प्रमुख राजेश प्रसाद पोखरेलले आयोगको जग्गाको राजस्व बढी भएको र बढी तिर्नुपर्ने कुराको समाधानको लागि पहल गर्ने, खोलामा नम्बरी जग्गा परेको समस्या सनमाधान गर्ने बताउँदै बन क्षेत्रको जग्गा सम्बन्धि छुट्टै आयोग बनाएर सामाधान गर्नु पर्ने बताए । अर्जुनधारा कालिस्थानमा दाताले दिएको जग्गा बिबाद मन्दिर बिद्यालय र गुम्बाको जग्गाको बिषयमा छलफल गरेर सामाधन गर्न पहल गर्ने र
आफू नयाँ कर्माचारी भएकोले गिरिबन्धु ५१ बिघा जग्गा समाधानमा थप बुजेर अगाडि बढ्ने बताएका छन् । नगर प्रमुख बलदेवसिंह गोम्देनको अध्यक्षतामा नगरमा सरोकारवालासँग अन्तरक्रिया भएको थियो ।