झापा ।

सुगुर बोकेको पिकअप धनकुटामा दुर्घटना हुँदा चालक र सह–चालकको मृत्यु भएको छ । गएराति ९ः१० बजे धनकुटाको पाख्रीबास ३ जौटारस्थित पाख्रीबास– हिले सडकखण्डमा पाख्रीबासबाट हिलेतर्फ आउँदै गरेको को १ ज २६३९ नम्बरको पिकअप बोलेरो दुर्घटनामा परेको थियो । 

तीनवटा सुगुर लोड गरेर आउँदै गरेको सो पिकअप बोलेरो सडकबाट अनियन्त्रित भई अन्दाजी १४० मिटर तल झरेको छ । दुर्घटनामा सह–चालक सिरहा लहान–५ का अन्दाजी २४ वर्षीय प्रमोद मल्लिकको घटनास्थलमै मृत्यु भएको छ भने चालक पाख्रीबास नगरपालिका–९ उत्तरपानी का ३९ वर्षीय शुक्रबहादुर तामाङ घाइते भएका थिए ।

उनलाई उपचारको लागि जिल्ला अस्पताल धनकुटा ल्याई चेकजाँच गर्दा मृत्यु भइसकेको थियो । तीनवटै सुगुर जीवित रहेको धनकुटा प्रहरीले जनाएको छ ।