झापा ।
बिर्तामोड उद्योग बाणिज्य संघ सहित विभिन्न तीन दर्जन बढी संघ संस्थाले झापाका प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बास्तोलालाई सम्मान सहित बिदाई गरेका छन् । गत सोमवार गृहमन्त्रालयले झापा सहित १२ जना प्रमुख जिल्ला अधिकारीको सुरुवा गरेको थियो । वास्तोलाको सरुवा भएसंगै सर्लाहीका प्रमुख जिल्ला अधिकारी गोपालकुमार अधिकारी झापाको प्रमुख जिल्ला अधिकारीको रुपमा आउने भएका छन् ।
प्रमुख जिल्ला अधिकारी वास्तोलाको गृहमन्त्रालय सरुवा भएसंगै बिर्तामोड उद्योग वाणिज्य संघ सहित विभिन्न संघ संस्थाले संयुक्त रुपमा अभिनन्दन गर्दै प्रमुख जिल्ला अधिकारीलाई बिदाई गरेका हुन् ।
बिर्तामोड उद्योग वाणिज्य संघको सभाहलमा आयोजित कार्यक्रमका बीच प्रमुख जिल्ला अधिकारी वास्तोलालाई कार्यक्रमका प्रमुख अतिथि शंकराचार्य पीठ साधुटारका व्यासाचार्य लक्ष्मीप्रसाद खतिवडाले कदरपत्र प्रदान गरेका थिए ।
बिर्तामोड उद्योग वाणिज्य संघका अध्यक्ष राजु न्यौपानेको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत शिखा खड्का गणेशले गरेकी थिइन् भने विभिन्न संघ संस्थाको प्रतिनिधित्व गर्दै वीरता जेडी जेसीजकी अध्यक्ष निशा शाक्य, शुभकामना मन्तव्य राखेकी थिइन् ।कार्यक्रमको सञ्चालन बिर्तामोड उद्योग वाणिज्य संघका महासचिव कुशल खतिवडाले गरेका थिए ।