झापा ।
देशैभरी शक्तिशाली भूकम्पको धक्का महसुस गरिएको छ। राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार भूकम्प ७ रेक्टर स्केल मापन गरिएको छ।
भूकम्पको केन्द्रबिन्दु चीनको चिब्बत स्वायत्त क्षेत्रको झिजाव शहरको एउटा काउन्टी हो । नेपालको संखुवासभा, ताप्लेजुङ, काठमाडौंसहित देशभरि भूकम्पको धक्का महसुस गरिएको छ । साथै भारतको सिक्किममा पनि धक्का महसुस भएको छ ।
भूकम्पको धक्का महसुुस भएपछि अहिले सबै घरबाहिर निस्किएका छन् । भूकम्पबाट क्षति विवरण भने आउन बाँकी छ ।