बिर्तामोड । 

निर्माण व्यवसायी संघ झापाको १६ औं अधिवेसनमा दुई उपाध्यक्ष, सचिवसहित चारजना निर्विरोध निर्वाचित भएका छन् ।संघको प्रथम उपाध्यक्षमा केदार गिरी, उपाध्यक्षमा राजकुमार राई, सचिव लोकेन्द्र श्रेष्ठ र महिला सदस्यमा कमला थाम्सुहाङ निर्विरोध भएका हुन् । 

संघको आज उम्मेदवारी दर्ता गर्ने कार्यक्रम रहेको निर्वाचन अधिकृत गोपालबहादुर थापाले जानकारी दिए । संघमा ३७४ मतदाता रहेका छन् । आज नै उम्मेदवारीमाथि दावी बिरोध र फिर्ता गर्ने कार्यक्रम रहेको उनले बताए । भोलि बिहान ८ः३० बजेदेखि मतदानको कार्यक्रम तय गरिएको छ । 

१६ ओै अधिवेसनमा अध्यक्ष पदका लागि प्रकाशकुमार सिंह र रमेश अधिकारीले प्रतिष्पर्धा गर्ने छन् । तृतिय उपाध्यक्षमा गोपालबहादुर बस्नेत र नयन बराल, महासचिवमा पुष्पराज निरौला र ओम पौडेल भिड्ने भएका छन् । 

त्यसैगरी, कोषाध्यक्षमा चन्द्र खत्री, यज्ञनिधि भुर्तेल र रमेश सेढाई तथा सहकोषाध्यक्षमा एङगल गुरुङ, सुरेश भट्टराई र सुरेन्द्र धिमालले उम्म्दवारी दिएका छन् ।  त्यस्तै सदस्यहरुमा मनोज उप्रेती, हेडम्बराज निरौला, अक्षयकुमार देव, रमेश भण्डारी, गंगाप्रसाद गौतम, रोशन कार्की, प्रविन कटवाल, ज्ञानबहादुर तामाङ, बिवेक जवेगु, भरत भट्टराई, दिनेश मैनाली, उद्वब कुँवर, गोविन्दप्रसाद घिमिरे, आशिष वान्तबा र डालिम खड्काले उम्मेदवारी दिएका छन् ।  निर्वाचनबाट ८ जना पदाधिकारी, एक महिलासहित ११ जना सदस्य चयन हुने प्रावधान छ ।