बिर्तामोड । 

बिर्तामोड नगर प्रमुख पवित्रा महतारा प्रसाईले निर्माणधिन नगर अस्पताल भवनको आज अनुगमन गरेकी छन् । नगर प्रमुख प्रसाईले वडा नम्बर ३ का वडाअध्यक्ष मदन बुढाथोकी, कार्यपालिका सदस्य यमुना आचार्य, नगर अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डाक्टर सुनिल अधिकारी सहित भवनको अनुगमन गरेकी हुन् । 

नगर प्रमुख प्रसाईले सम्झौता अवधि भित्रै काम सम्पन्न गर्न निर्देशन दिइन् । उनले निर्माण सामाग्रीको गुणस्तरमा ख्याल गर्नसमेत सुझाब दिइन् । 

भवनको २०८० बैशाख ८ गते १५ करोड ३४ हजार ३ सय ३६ रुपैँयामा विभाष इन्टरनेश्नल कन्ष्ट्रक्सन एण्ड सप्लायर्स प्रा।लि काठमाडौले सम्झौता गरेर काम गरीरहेको छ ।अहिलेसम्ममा ३५ प्रतिशत काम सम्पन्न भएको ठेकेदार कम्पनिका प्रतिनिधि सोम राईले जानकारी दिनुभयो ।

निर्माण सम्पन्न गर्नु पर्ने अन्तिम म्याद आगामी फागुन २६ गतेसम्म छ । भवन निर्माण सम्पन्न भएपछि बिर्तामोड नगर अस्पताल १५ शैयाबाट २५ शैयाको हुने छ ।