बिर्तामोड । 

नेपाल अलैंची व्यवसायी महासंघका केन्द्रीय उपाध्यक्ष तथा बिर्तामोडका सफल व्यवसायी इन्द्रचन्द्र विन्दलले आफ्नो जन्म दिन बिर्तामोड उद्योग वाणिज्य संघमा मनाएका छन् ।

बालाजी इन्टरनेशनलका सञ्चालक समेत रहेका विन्दलले बिर्तामोड उद्योग वाणिज्य संघले स्थापना गरेको ‘व्यवसायी राहत कोष’मा २१ हजार रुपैयाँ प्रदान गर्दै आफ्नो जन्म दिन मनाएका हुन् ।

संघले एक करोड रुपैयाँ बरावरको अक्षयकोष व्यवसायीका लागि स्थापना गरेको छ । आपत विपद्मा परेका व्यवसायीलाई सहयोग पु¥याउन सकियोस् भन्ने उद्देश्यले संघले  कोष स्थापना गरेको र संघको कार्य सह्रानीय भएको भन्दै विन्दलले जन्मोत्सवको अवसरमा रकम सहयोग गरेको बताए ।

विन्दलले बिर्तामोड उद्योग वाणिज्य संघका अध्यक्ष राजु न्यौपानेलाई सो रकम हस्तान्तरण गरेका थिए । सो अवसरमा संघले विन्दललाई कदरपत्र सहित सम्मान गरेको छ ।

बिर्तामोड उद्योग वाणिज्य संघमा आयोजित कार्यक्रमकाबीच विन्दललाई कदरपज्ञद्वारा सम्मान गरिएको संघका महासचिव कुशल खतिवडाले बताए ।