बिर्तामोड ।
फर्निचर तथा फनिसिङ ब्यवसाय अन्य ब्यापार ब्यवसाय पनि जोडिएकाले यो ब्यवसाय समस्यामा परेसँगै अन्य ब्यापार तथा ब्यवसायीहरु पनि मारमा परेका बत्ताहरुले बताएका छन् । बत्ताहरुले कोभिड महामारीसँगै धरासायी बनेको फर्निचर तथा फनिसिङ ब्यवसाय अझै उठ्न नसकेको बताए । उनीहरुले सरकारी तीनै तहका सरकारले ब्यवसायीको समस्या बुझेर समन्वय र सहकार्य गर्नु पर्नेमा जोड दिए ।
नेपाल फर्निचर तथा फनिसिङ ब्यवसायी महासंघको १० औं बार्षिक साधारण सभाका अवसरमा झापाको बिर्तामोडमा आज (शनिवार) आयोजित कार्यक्रममा वत्ताहरुले त्यस्तो बताएका हुन् । महासंघले ब्यवसायीहरुका समस्या तथा अप्ठ्याराहरु समाधानका लागि मन्त्रालय, बिभाग तथा बिभिन्न उच्च सरकारी निकायहरुमा ढोका ढकढक्याईएको महासंघका अध्यक्ष युवराज पौडेलले बताए ।
उनले नेपाल उद्योग बाणिन्य महासंघ, नेपाल चेम्बर अफ कमर्सका बिभिन्न कार्यक्रमहरुमा समेत सशक्त रुपमा मौखिक रुपमा आफ्ना समस्याहरु राखेको बताए । यसैगरी महासंघले यस कार्यकालको पहिलो बर्षमा गरेका कार्यक्रम प्रस्तुत गरिएको थियो । महासंघले बिर्तामोडमा बार्षिक साधारणसभा सम्पन्न गरेको हो ।
महासंघका अध्यक्ष युवराज पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल उद्योग बाणिन्य महासंघका उपाध्यक्ष हेमराज ढकालको प्रमुख आतिथ्य रहेको थियो । कार्यक्रममा प्रमुख अतिथि ढकाल, नेपाल उद्योग बाणिन्य महासंघका केन्द्रिय सदस्य उमेश डालमिया, बिर्तामोड नगरपालिकाका नगर उप–प्रमुख नगेन्द्रप्रसाद संग्रौला, होटल ब्यवसायी महासंघका उपाध्यक्ष डिभी गौतम, चेम्बर अर्फ कमर्सका केन्द्रिय सदस्य तथा झापा अध्यक्ष ओमकृष्ण बिमली, बिर्तामोड उद्योग बाणिज्य संघका अध्यक्ष राजु न्यौपाने, फर्निचर तथा फर्निसिङका मदेश प्रदेश अध्यक्ष बिनोद महत, संघका झापा अध्यक्ष रोहित आचार्यलगायतले आ–आफ्नो भनाई प्रस्तुत गरेको महासंघका द्धितीय उपाध्यक्ष खगेन्द्र खरेलले जानकारी दिए । कार्यक्रमको सञ्चालन महासंघका महासचिव छबिला गैह्रेले गरेका थिए ।