बिर्तामोड।
‘बिर्तामोड अन्तराष्ट्रि औद्योगिक व्यापार महोत्सव’ का लागि विशाल थापाको संयोजकत्वमा गठन गरिएको महोत्सव मूल आयोजक समितिलाई विस्तार गरिएको छ भने विभिन्न नौं वटा उपसमिति गठन गरिएका छन् । अर्थतन्त्रलाई चलायमान बनाउन र स्थानीय स्तरमा उत्पादित बस्तुलाई अन्तराष्ट्रिय स्तरसम्म प्रर्वधन गर्न बिर्तामोडमा आगामी माघ ८ गतेदेखि १९ गतेसम्म अन्तराष्ट्रि औद्योगिक व्यापार महोत्सवको आयोजना गरिएको छ ।
व्यापार महोत्सवलाई सफल बनाउन यस अघि थापाको संयोजकत्वमा महोत्सव मूल आयोजक समिति गठन गरिएको थियो । सोही समितिलाई बिर्तामोड उद्योग वाणिज्य संघको बैठकले विस्तार गरेको हो भने अन्य नौ वटा उपसमिति गठन गरेको हो ।
महोत्सव मूल आयोजक समितिमा संघका महासचिव कुशल खतिवडालाई सचिवको जिम्वेवारी दिइएको छ भने युवराज निरौलालाई कोषाध्यक्षको जिम्मेवारी प्रदान गरिएको छ । सोही समितिको सदस्यहरुमा सदस्यहरुमा रमेश घिमिरे, अनन्तलाल महत्तो, दिनेश श्रेष्ठ, डिल्लीराम कोइराला, शत्रुघन प्रसाद गुप्ता र सुष्मा उप्रेती सुवेदी रहेका छन् । त्यस्तै अनुगमन समितिको संयोजकमा गोमा भट्टराई रहेकी छिन् भने सदस्यहरुमा कृष्णप्रसाद बजगाई, युवराज कार्की पर्बत र सुशीला कुमारी कार्की रहेका छन् ।
यता संघका पूर्व अध्यक्ष प्रकाश शिवाकोटीको संयोजकत्वमा अतिथि सत्कार तथा व्यवस्थापन उप समिति , निर्मल भट्टराईको संयोजकत्वमा वैंक वित्तीय तथा सहकारी स्टल व्यवस्थापन उप समिति गठन गरिएको छ । त्यस्तै राजकुमार घिमिरे ‘राजु’ संयोजक र विशेश्वर प्रसाद बजगाई सदस्य रहेको स्टल तथा स्टेज निर्माण व्यवस्थापन उप समिति गठन गरिएको छ । जीवन कुमार खड्काको संयोजकत्वमा सांस्कृतिक एवम् साङ्गीतिक कार्यक्रम व्यवस्थापन उपसमिति गठन गरिएको हो ।
सचिवालय व्यवस्थापन /विद्युत प्राधिकरण संयोजन उप समितिको संयोजकमा पुकार बराल र सदस्यहरुमा राजु गौतम तथा रुद्रप्रसाद भुर्तेल रहेका छन् । दैनिक कारोवार तथा टिकट व्यवस्थापन उप समितिमा राजकुमार शाह संयोजक तथा दिनेश श्रेष्ठ र युवराज कार्की सदस्य रहेका छन् ।
यता तीलोत्तमा खत्रीको संयोजकत्वमा मञ्च व्यवस्थापन उपसमिति गठन गरिएको छ । जसको सदस्यमा शत्रुघनप्रसाद गुप्ता , केदार खनाल, सुशीलाकुमारी वस्नेत रहेका छन् । स्थानीय सांस्कृतिक कार्यक्रम व्यवस्थापन उपसमितिमा दिनेश श्रेष्ठ र स्वास्थ्य सेवा व्यवस्थापन उपसमितिमा कृष्णप्रसाद बजगाई संयोजक रहेका छन् । महोत्सव बिर्तामोड उद्योग वाणिज्य संघको अगुवाइमा आयोजनामा गर्न लागिएको हो ।