बिर्तामोड ।
झापा बिर्तामोड साना शहरी खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको २२ औं बार्षिक साधारणसभा सम्पन्न भएको छ । आज (बिहीवार) संस्थाको कार्यालयमा साधारणसभा सम्पन्न भएको हो ।
संस्थाका अध्यक्ष मेघराज बास्तोलको अध्यक्षतामा भएको कार्यक्रममा बिर्तामोड नगरपालिकाकी नगर प्रमुख पवित्रा महतरा प्रसाईको प्रमुख आतिथ्य रहेको थियो ।
कार्यक्रममा उत्कृष्ट जेष्ठ उपभोक्ता पुरुष जयबहादुर खालिङ राई, उत्कृष्ट जेष्ठ उपभोक्ता महिलातर्फ देबीमाया आचार्य, उत्कृष्ट कर्मचारीका रुपमा सन्तोष खरेललाई सम्मान गरिएको संस्थाका कार्यालय प्रमुख खड्गराज गिरीले जानकारी दिए । स्वागत संस्थाका उपाध्यक्ष शैलेन्द्र सिटौलाले गरेको कार्यक्रमको सञ्चालन संस्थाका सचिव पारसमणि मैनालीले गरेका थिए ।
कार्यक्रममा प्रमुख अतिथि नगर प्रमुख प्रसाई, संस्थाका निवर्तमान अध्यक्ष जलकुमार गुरुङ, जिल्ला समन्वय समिति झापा उप–प्रमुख शान्ता रोक्का, सल्लाहकार हर्कलाल गिरी, बिर्तामोड उद्योग बाणिज्य संघका पूर्व अध्यक्ष राजेन्द्र थापा, बिराट भरत बिश्रान्तीका उपाध्यक्ष कुलप्रसाद संग्रौला, चारआली खानेपानीका अध्यक्ष राजन चिमरिया, नेपाल उद्यमशील महिला संघ झापा अध्यक्ष पार्वता बिमली खरेललगायतले शुभकामना मन्तव्य राखेका थिए ।